छक्का पन्जा ३

सान फ्रान्सिस्को बे एरियामा छक्का पन्जा ३ को दोश्रो शो हुने

Hollywood Khabar November 04,2018 Comments

कृष्ण के सी/अमेरिका

नर्दन क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा चर्चित हाँस्य हस्तीहरुको नेपाली चलचित्र छक्का पन्जा ३ को दोश्रो शो हुने भएको छ।

पहिलो शोबाट अपार रुपमा भिड-भाडका कारण धेरैजना छुटेका भन्ने गुनासो आएको थियो। त्यसैले धेरै दर्शकहरुको अनुरोधलाइ ध्यानमा राखेर अर्को शोको आयोजना गरिएको कुरा आयोजक सुरज श्रेष्ठ र प्रमेश ढकालले हलिउड खबरलाइ जानकारी गराएका छन्।

छक्का पन्जा ३ को अर्को शो अल्बानिमा रहेको सानो थिएटरमा राखिएको छ। थोरै सिट भएको हुनाले समएमा आफ्नो टिकेट रिजर्व नगरेर यस्पाली पनि छुट्न सक्नेछ भन्ने चेतावनी आयोजकहरुले दिएका छन्।

यसपूर्व सोहि चलचित्रका अक्टुवर २० को सान होजे, २१ अक्टुवरको आलामेडामा सबै टिकेट समयपूर्व नै बिकेको हुनाले यो पटक पनि सोहि अवस्था रहने कुरा उनीहरुको छ। ६ नोवेम्वर २०१८ को अल्बानी पछि अर्को शो भने १७ नोवेम्वरमा सेक्रमेण्टोमा हुनेछ।