छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

Hollywood Khabar August 28,2018 Comments

१३ भाद्र,बुटवल रुपन्देही।विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल पक्राउ परेका छन्।बुटवल उप महानगरपालिका–११ नहरपुरको ज्ञान पुञ्ज सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उनलाई प्रहरीले प्रिन्सिपल पौडेललाई नियन्त्रणमा लिएको जानकारी दिएका हुन्।उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

“घटनाको वास्तविकताबारे विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, उनले भने।प्रहरी निरीक्षक थापाले दुबै पक्षलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी दिए।छात्राले आफ्ना आमाबाबुसँग दुर्व्यवहारबारे बताएपछि स्थानीय बासिन्दाले बिहानैदेखि नाराबाजी र प्रदर्शन गरेका थिए।आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो।सो विद्यालय बन्द भएको छ।