चिन्तनको लोकार्पण देउबाजीले गर्नुभयो - मेरो विश्लेषण खै कस्तो भयो

Hollywood Khabar February 06,2017 Comments

कृष्ण के सी
प्रजातांत्रिक बिचार समाजको पहलमा “चिन्तन” नामको पुस्तक यही माघ २० गत्ते काठमाण्डुमा नेपाली काँग्रेस पार्टीका सभापति शेर बहादुर देउबाले  लोकार्पण गर्नुभयो। पुस्तकमा को को लेखकहरु र के कस्ता लेखरुछन् त्यो भने मैले ऐले सम्म हेर्ने मौका पाएको छैन। तर पनि मेरो आफ्नो लेख भने पुस्तकमा रहेको कुरा सँस्थाका अध्यक्ष डा केदार नर्सिङ् के सीले जानकारी गराउनु भयो। उहाँले मेरो प्रति पुस्तक कसरी पठाउने त्यो पनि सोध्नुभयो। समयन्तरमा यो पनि आउला।


चिन्तन पुस्तकमा मैले नेपालको राजनीतिप्रति म आफु एउटा एनआरएनको हैसियतले एक विश्लेषण गर्ने प्रयास गरेको छु। धेरै दिग्गज, ज्ञाताहरुको लेखहरुको बिचमा म यसो कलम कोट्याउँदै गर्ने व्यक्ति उसमा पनि मीठो शब्द चयन गरेर फुरुरु पार्न मलाइ पटककै आउँदैन। खै कस्तो पो हुने हो त्यो भने बाँकी छ। तर पनि सो पुस्तकमा रहेको छोटो भाग दिने प्रयासमा छु। मौका मिले पढेर सुझाव दिनुहोला।


प्रसंङ्
डा केदार नर्सिङ्ग के सी ले दुइ/दुइ पटक फोन गरेर भन्नु भयो की प्रजातांत्रिक बिचार समाजको छापिने पुस्तकमा एउटा एनआरएनको सोचको राजनैतिक लेख चाइयो। बिषय सुरुगर्नु अगाडी धेरै घण्टा घोरिए पछि बल्ल एउटा कुरा फुर्यो। पुरानो एउटा लेख थियो तेसैलाई पो पठाउँ की भन्ने।  पुरानो बहीखाता पल्टाउन लागियो।
नेपालको राजनीतिलाई ब्याख्या गर्न या मेरो आफ्नो कुरा राख्न २००७ साल देखिको कथा भनेर तपाइहरुको समय नष्ट गर्न चाहन्न। नेपालका बिर्ख देखी शीर्षनेताहरुले त्यो कुरा हरेक भाषणमा बोलेर बाँकी राखेका छैनन। अनि त्यो ब्याख्या गर्न म इतिहासको गवाइ या अभियन्ता दुबै होइन। तेसैले सोझै बिषयमा प्रवेश गर्छु। यो लेखमा उठेका कुराहरुको जवाफ नेपाली राजनीतिमा आउला, नेपाली समाजको उन्नति होला, देशको सुधार होला भन्ने त पटक्कै आसा छैन। तर पनि मनको तीतो पोख्ने काम गर्दैछु केवल शब्द भर्नको लागी अनि तपाई पाठकको समय नष्ट गर्न आँखा टट्टाउने गरेर।
एनआरएनको दिनचर्या:
जुरुक्क उठेर नेपाली समाचार सुन्नु, नेपालबारे सदबिचार राख्नु, नेपालको राम्रो होस भनेर चिन्ता गर्नु, आपसी भेटमा नेपालबारे सोध्नु, नेपालको आर्थिक-सामाजिक स्तर उठेको सपना देख्नु, पीड़ा र रोग अनि अभावमा आफुले सकेको साथी बन्नु,  नेपाली समाचार पढ्नु, नेपाली राष्ट्रियताबारे खरो रुपमा रहने  नै आम एनआरएनहरुको दिनचर्या हो। नेपालको राष्ट्रीयतामा नेपालका भन्दा देशदेखि बाहिरका नेपालीको सोच र चिंता धेरै हुन्छ। यसको मतलब यो होइन की नेपालामा बस्नेको राष्ट्रीयता हुन्न। सायद देशको न्यास्रो भएर होला।
----बाँकी पुस्तकमा