-सांकेतिक तस्विर

चितुवाको आक्रमणबाट ३ बर्षीय बालकको मृत्यु 

Hollywood Khabar October 07,2019 Comments

२२ असोज,दमौली।तनहुँमा चितुवाको आक्रमणबाट ३ बर्षीय बालकको ज्यान गएको छ।भानु नगरपालिका १ भन्सारमा मंगलबार चितुवाको आक्रमणबाट स्थानीय ३ वर्षका बालक आशिक बानियाँको मृत्यु भएको हो।मंगलबार साँझ घरबाट करिब दुई सय मिटर  पर पिङ खेल्दै गर्दा बानियाँलाई चितुवाको आक्रमणबाट शरीरभरि चोट लागेपछि डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तनहुँको नगरपालिकामा यसबर्ष चितुवाको आक्रमणबाट ३ बालबालिकाको ज्यान गएको छ।भानुको जंगलमा यस वर्ष एक चितुवा मृत फेला परेको थियो भने यसै हप्ता यौटा चितुवा खोरमा परेपछि त्यसलाई जिवितै स्थानतरण गरिएको डिभिजन बन कार्यालय तनहुँका डिभिजनल प्रमुख केदार बरालले बताए।चितुवाले बालबालिकालाइ आक्रमण गर्न थालेपछि डिभिजन बन कार्यालय तनहुँले चितुवालाई पक्राउ गर्न विभिन्न अत्याधुनिक प्रविधि प्रयोग गरेको छ भने जनाचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ।