-खोरमा परेको चितुवा

फेरी काठको खोरमा पर्यो चितुवा !भानुबासिलाई राहत 

Hollywood Khabar November 10,2019 Comments

२६ कार्तिक तनहुँ।तनहुँमा चितुवाले बालबालिका खाएर हैरान पारेपछि चितुवा समात्न बनाइएको काठको  खोरमा  एउटा चितुवा खोरमा परेको छ।भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा मंगलबार बिहान एउटा चितुवा परेको डिभिजन वन कार्यालयका तनहुँका डिभिजनल प्रमुख केदार बरालले जानकारी दिए।तनहुँको भानु नगरपालिकाका वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएपछि चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली समेत खटिएको छ।

चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ डा नरेश सुवेदी सहित् छ जनाको विज्ञ टोली  परिचालित भएका छन् । उक्त टोलीले भानुका जङ्गलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गर्ने जनाएको छ।गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा दुइवटा चितुवा परेका थिए।चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएपछि भानुका जंगलमा नौ वटा खोर निर्माण गरीएको डिभिजन वन कार्यालय तनहुँका डिभिजनल प्रमुख बरालले बताए।