-साङ्केतिक तस्बिर

चितवनमा जंगली जनावरबाट हुने सम्भावित क्षतिको बीमा सुरु

Hollywood Khabar November 14,2019 Comments

३०,कात्तिक,चितवन।मध्यवर्ती क्षेत्र वरपरका विपन्न वर्गलाई लक्षित गरी नेपालमै पहिलो पटक चितवनमा जंगली जनावरबाट हुने सम्भावित क्षतिको बीमा सुरु भएको छ ।चितवनको रत्ननगर नगरपालिकाले र स्थानीय बाघमारा मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इन्ष्टिच्युट संग  साझेदारीगर्दै  बीमा कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाका मेयर नारायण वनले पहिलो चरणमा सौराहानजिकको बद्रेनीका १ सय ४९ घरको बीमा गरिएको बताए।शिखर इन्स्योरेन्स कम्पनी मार्फत जंगली जनावरबाट हुने मानवीय, भौतिक, घरपालुवा पशु चौपाय र वालीनालीको एकमुष्ट बीमा गरिएको हो।जंगली जनावरको आक्रमणबाट कुनै व्यक्तिको मृत्यु भएमा १० लाख, घाइते भएमा १ लाख घर तथा भौतिक संरचनामा क्षति भएमा १० लाख, घरपालुवा जनावर मारिएमा १२ देखि ४० हजार सम्म र बालीनालीमा क्षति गरेमा क्षतिको ७५ प्रतिशत बीमामार्फत राहत पाउने मृगकुञ्जका अध्यक्ष बासु ढुंगानाले बताए ।कार्यक्रममा रत्ननगर नगरपालिकाको २५ प्रतिशत, अर्थ इन्ष्टिच्युटको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वन र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको २५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत गरी ७ लाख २५ हजारको बीमा गरिएको हो ।