-कांग्रेसका बिजयी उमेदवार

चितवनमा भएको उपनिर्वाचनमा  तिनै जना कांग्रेसका उमेदवार बिजयी 

Hollywood Khabar November 29,2019 Comments

१५ मंसिर ,चितवन। चितवनमा भएको उपनिर्वाचनमा  कांग्रेसका उमेदवार बिजयी भएका छन्।प्रचण्डको गृह जिल्ला एवं निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६को वडाध्यक्षमा अमृत हमाल ,खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत ५ मा प्रतिमा कार्की विजयी भएका हुन् ।

खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।