-चितवन सेवा समाज माल्टा गठन, अध्यक्षमा माधव प्रसाद वाग्ले

चितवन सेवा समाज माल्टा गठन, अध्यक्षमा माधव प्रसाद वाग्ले

Hollywood Khabar July 09,2020 Comments

भोला लामिछाने/युरोप/७/१०/२०

वैदेशिक रोजगारीको शिलसिलामा युरोपेली मुलुक माल्टामा रहेका चिवनवासीहरू संगठित भएका छन् ।

माल्टामा रही बिभिन्न पेशा, व्यवसाय र रोजगारीमा आबद्ध भएका चितवनवासी दाजुभाइ तथा दिदी बहिनीहरूको भेलाले चितवन सेवा समाज माल्टा समन्वय समिति गठन गरेको छ ।

माधव प्रसाद वाग्लेको अध्यक्षतामा गठन भएको चितवन सेवा समाज माल्टाको उपाध्यक्षमा सुनिता शर्मा, महासचिवमा वलराम सापकोटा, सचिवमा लोमस श्रेष्ठ र कोषाध्यक्षमा दधिराम शर्मा रहेका छन् ।

त्यस्तै सदस्यमा दिवश तामाङ, निम थनेत, अनुष्का कंडेल, सुजन थापा, रामचन्द्र सापकोटा, खेम राज खरेल, खेलकुद संयोजक आकाश गुरुङ रहेका छन् । सोही भेलाले मनिस अर्याल, प्रकास वाग्ले र अन्जु खत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।

माल्टामा करिब २००० हजारको हाराहारीमा नेपालीहरु बसोबास गर्छन् । चितवन सेवा समाजको संजाल संसारका २२ देशमा स्थापित भै प्रबासमा रहेका चितवनेहरु बिच समन्वय गर्दै आपसी सहयोग र भैपरि आउने समस्या समाधानमा एकजुट हुने गरेका छन् । यो अभियान समग्र चितवन अनि संसारभर रहने चितवनेहरुका लागि कोसेढुंगा साबित हुने समन्य समिति स्थापना पहलकर्ता चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्य समितिका सद्भावना दूत सोम सापकोटाले जानकारी दिए । यो अभियानले प्रबासमा रहेका नेपालीहरुलाई सहयोगका साथै चितवन लगायत नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।