चितवन मेडिकल कलेजका बिद्यार्थी सिडिओ समक्ष पुगे

0
shares

by Soni Sharma | Updated: 19 Sep 2019

106 views
-प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेट्दै कलेजका बिद्यार्थी

२ असोज, चितवन।चितवन मेडिकल कलेजका बिद्यार्थीले  कलेजले लिएको शुल्क फिर्ताको पहल गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका छन्। बिहीबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेट्दै कलेजका बिद्यार्थीले कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

बिद्यार्थीको आग्रह पछि प्रजिअ बस्नेतले आफूले मेडिकल कलेजलाई पत्र नै लेखेर बढी शुल्क नलिन आग्रह गरेको तर नमानेको भन्दै अव कानुनी कारबाहीका लागि सहयोग गर्न विद्यार्थीसँग आग्रह गरे ।नेपाल सरकारले राजधानी काठमाडौं बाहिर एमबीबीएसको शुल्क ४२ लाख ४५ हजार तोके पनि चितवन मेडिकल कलेजले ६ देखि १२ लाख रुपैयाँसम्म बढी लिएको विद्यार्थीको गुनासो छ ।