Krishna KC

किन क्रिष्टमस २५ डिसेम्बरमा नै मनाइन्छ, छोटो अध्ययनबाट

Hollywood Khabar December 24,2019 Comments

कृष्ण के सी/अमेरिका/१२/२४/१९

भगवान पुत्र भनि विश्वास गरिएका एसु क्राइष्ट जन्मेको दिन भएकोले इसाई धर्मालम्बीहरुले २५ डिसेम्बर, क्रिष्टमसलाइ महान चाड अर्थात बडा दिनको रुपमा मनाउने गर्दछन। तर यो चाड मनाउन क्रिष्टियन हुनु जरुरी छैन। यति मात्र होइन विश्वका थुप्रै मुलुकमा यस दिनलाइ प्रमुख चाडको रुपमा मनाइदै आइएको छ। तर आजकल यो धार्मिक चाड भन्दा पनि एउटा विश्वब्यापी पर्वको रुपमा मनाउने चलन बढेको छ।

अमेरिका र केहि अन्य धेरै देशहरुमा थ्याङ्क्सगिभिङ देखि जनवरीको पहिलो दिन सम्मलाइ होलिडे सिजन भनिन्छ। यस अबधिमा थ्याङ्क्सगिभिङ, क्रिष्टमस र नयाँ बर्ष गरि तीन वटा ठूला चाड-पर्वहरु सबै छुट्टीका दिन पर्दछन।

क्रिष्टमस अर्थात क्राइष्टको आगमनलाइ भएको दिनलाई मानिछ। शाब्दिक रुपमा मास भन्नाले कुनै ठोस आकार या स्वरुप नभएको तर थुप्रै कुराहरुले बनेको कुरा बुझ्नुपर्छ। तर क्रिष्टमस भन्नाले चाहिँ इसाइका धर्म गुरुहरुबीच पनि मतान्तर छ। तरै पनि क्रिष्टमसलाइ सामान्य जनजीवनमा भने भगवान पुत्र मानिएका एसु क्राइष्टले मानव जतिको पाप मुक्ति गर्न सम्पूर्ण पाप आफूले लिएर ऋण मुक्त गरिदिनका लागि धर्तीमा जन्म लिएको दिनलाई मानिन्छ।

आजकलको क्रिष्टमसमा आफन्त र साथी-संगीहरु जम्मा भएर खानाखाने, वर्ष भरिका राम्रा र नराम्रा कुरा आपसमा बताएर खुशी हुँदै मनाउने गर्छन। बच्चाहरुको लागि यो चाड शान्ताले विश्लिष्ट पुरा गरिदिने अनि आफूलाई सुन्दर उपहार पाउने दिनको रुपमा लिने गर्छन। हिउँपर्न सुरु हुने समय भएकोले स्नोम्यान बनाएर मनोरंजन गर्नु बच्चाहरुको अर्को पाटो हो।

बताइए अनुसार चाहिँ एसु क्रिष्टको ऐतिहासिक पक्ष अर्थात जन्म र बाल्यकाल कसैले पनि जाँन्दैनन। उनैको आधारमा लेखिएको धार्मिक ग्रन्थ बाइबलमा उनको जन्मको तिथिमितिबारे तोकेर नै बताइएको छैन। अनि यहाँनेर प्रश्न उठ्छ कि उसो भए २५ डिसेम्बरमा क्रिष्टमस किन मनाउने ?

इशाई पुरातनमा क्रिष्टमसबारे धेरै विवाद र विमतिहरु छन्। धेरैको भनाइमा क्राइष्टको जन्म अहिले मानिएको मिति भन्दा केहि अगाडि नै भएको हो। उनीहरुको तथ्य र तर्क अनुसार इशाको २ देखि ७ बर्ष अगाडिको बिचमा अर्थात ४ इशापूर्वमा क्राइष्टको जन्म भएको हुनुपर्छ।

इतिहासको तलासले अहिले सम्म दिएको रेकर्ड चाहिं २५ डिसेम्बर नै क्रिष्टमस मनाउने चलन हो। ३३६ बर्ष पूर्व पहिलाको रोमन क्रिष्टियनले यसको सुरुवात गरे भनिएता पनि त्यसको कुनै आधिकारिक तथ्य भने छैन। तर पनि २५ डिसेम्बरलाइ नै क्रिष्टमस मान्ने धेरै कारणहरु उल्लेख गरिएको पाइन्छ।

धेरै पहिला अविवाहित मेरीलाइ (कतै कतै मरियम भनिन्छ) एउटा शुभ दिनको मौका आउने र एकजना विशिष्ट पुत्र जसको नाम एसु हुने पुरुष बच्चा पाप्त हुने कुरा बताइएको हुन्छ। त्यो प्राप्त हुने दिन चाहिँ मार्च २५ हो। त्यसैले आजपनि धेरै ठाउँमा मार्च २५ लाइ बिशेष दिनको रुपमा मनाइन्छ। तर क्रिष्टमस जुन हामीले अहिले मनाउँछौं त्यो चाहिँ २५ मार्चको ठीक ९ महिना पछि पर्न आउँछ।

धेरै धार्मिक दर्शानशास्त्रीहरुको भनाइमा २५ मार्चमा मेरीलाइ बचन दिइयो र त्यसको ९ महिना पछि २५ डिसेम्बरमा क्राइष्ट जन्मिए। त्यसैले २५ मार्चलाइ अर्ली क्रिष्टमस भनिन्छ। यहाँनेर एउटा नोट गर्नुपर्ने कुरा के छ भने धेरैको भनाइमा २५ मार्चका दिन एसु क्राइष्टले जन्मने भन्दा पनि धर्तीबाट बिदा लिनुपर्ने दिन तोकिएको हो। जेविसहरुको बिव्श्वासमा सोहि दिन क्राइष्ट बितेका हुन्। केहि रोमनहरुका अनुसार यो २५ डिसेम्बरका दिन विन्टर सुरु हुने समय पर्छ। त्यसैले यसलाई विन्टर चाडको रुपमा मान्ने गर्दा क्रिष्टमस हुन पुगेको हो। उनीहरुको भनाइमा क्रिष्टमस २५ डिसेम्बरमा मान्नुपूर्व नै यस्तो चाड मनाइन्थ्यो।

डिसेम्बर २१ र २२ का दिन सूर्य उदय र सुर्य अस्त हुने बिशेस समयको योग पर्दछ। यो दिन बर्ष भरिको सबै भन्दा छोटो दिन पर्न आउँछ। त्यसैले उनीहरुले उपरान्त सुर्यले अन्धकारलाइ परास्त गरेर अगाडि जाने विश्वास गर्दै यो चाड मनाउन थाले। पूर्वी यूरोपको कोलेदा पर्व पनि यसै भनाइमा मिल्दो छ।

२५ डिसेम्बरका बारेमा थुप्रै, हजारौं र लाखौँ तर्क र लेखन छन्। रोमन र जुइसहरुको बिचार, यो दिनलाइ किन Christmas र Xmas भनिएको, यस्ता धेरै कुरा छन्। ति सबैलाई आफैंले अध्ययन गरेर धेरै ज्ञान पाउन सकिन्छ। तर यहाँ चाहिं केहि सुरुवात मात्र गर्ने प्रयास गरिएको छ। यो पूर्ण पाठ कदापि होइन। तपाइहरुलाइ सो बिषयमा अध्ययन गर्ने चासो जगाउने प्रयास गरिएको हो।

सबैलाई क्रिष्टमसको हार्दिक शुभकामना!