::::: चुनाब :::राजन अधिकारी

Hollywood Khabar May 26,2017 Comments

राजन  अधिकारी

हो यो चुनाव हो, मान्छे नेता बन्ने धर्म
असल मान्छे नेता भए देश बनाउने कर्म
खराब पर्न गए भने बुझ्दैनन यीनले मर्म !!!
          उत्साह बनेर आउछ, गॉंउबेसी शहर धाउछ
          सेलाएको राजनितीमा  ताप बढाएर आउछ !
          बढ्दै गरेको जनभातृत्वमा भूकम्प पनि ल्याउछ
          ठण्डा रहेको दिमाग मन्छेले एकपल्ट ख्याउछ !!
चुनाब अधि आकाश पाताल जोड्ने कुरा गर्छन
अबिर सिंदुर लगाए पछि आफ्नै पेट भर्छन !
यस्तो नहोस गणतान्त्रिक नेपालका नेता
हिजै जस्तो गरे भने आबाज उठाउ केटा !!
          संबिधानले रूप फेर्यो, नयॉं भयो देश
          पुरन सोचका नेताहरू, फेर अब भेष !
          सक्छौ देउ नेतृत्व गर्न युवाबर्ग छानी
          होईन भने परिवर्तित होउ उनकै कुरा मानी !!
चुनब अघि फूटेंउ  हामी अब मिलांउ हात
नयां नेपाल छिटै बन्छ मिले सबको साथ !
प्राकृतिले दियो हाम्लाई जानेनौ की लिन
बिकाश तिर लम्क अब ढिला गर्छौ किन ??
          हो यो चुनाव हो, मान्छे नेता हुने धर्म
          असल मान्छे नेता भए देश बनाउने कर्म
          खराब पर्न गए भने बुझ्दैनन यीनले मर्म !!!