-Cindy Mccain

Sen. (स्व.) John McCain (R) कि श्रीमती Cindy McCain ले जो बाइडेनलाइ समर्थन गरिन

Hollywood Khabar September 22,2020 Comments

एरिजोनाका रिपब्लिकन सिनेटर तथा राष्ट्रपतिका उम्मेदवार समेत रहेका स्व. John McCain की श्रीमती Cindy McCain ले नोवेम्बर २०२० को राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनलाइ समर्थन गरेकी छन्।

सिएनएनसँगको अन्तर्वार्तामा Cindy McCain ले जो र आफ्ना श्रीमान् जोन म्याकिन फरक राजनैतिक पार्टीका नेता भएता पनि आपसमा राम्रो मित्रता भएको बताएकी छन्। यो पटक उनलाई सघाउनु राम्रो हुने कुरा समेत बताइएकी छन्। उनले यसपूर्व ट्विट गर्दै सो उद्घोष गरेकी थिइन।

उनले भनेकी छन् आफ्ना श्रीमान जोनको आदर्श पहिला देश त्यसपछि अरु भन्ने थियो। अवश्य पनि आफू रिपलिकन हो तर पनि त्यो आदर्श र राष्ट्रका कुराको सच्चा प्रतिनिधि चाहिँ बाइडेनले मात्र गर्छन। उसो त जो र आफू सबै बिषयमा सहमति छैनौ तर पनि जो चाहिँ राष्ट्रपति ट्रम्पभन्दा इमान्दार उम्मेद्वार हुन्। उनले देशलाइ सहि रुपमा हाँक्न सक्छन, एक सहि कमाण्डर इन चिफ हुन् सक्छन र सहि रुपमा अमेरिकी शक्ति परिचालन गर्न सक्छन, उनले उल्लेख गरेकी छन्।

उनको प्रति जवाफमा बाइडेनले उल्लेख गरेका छन्, Cindy को साथ र सपोर्टले आफू अत्यन्तै आभारी भएको, निर्वाचन भनेको कुनै आजनैतिक पार्टी भन्दा माथि रहन्छ। त्यसैले यसमा हामी सबैलाई एक ठाउँमा उभिनको लागि प्ररित गर्दछ। एक हुँदा हामीलाई पुन: शक्तिशाली बनाउन सफल गराउँछ।