-Mr Sonam Lama, NRNA VP

गैरआवासीय नेपाली नागरिकता संबन्धि बिधेयक ड्राफ्टमाथि सुझाव दिन अनुरोध

Hollywood Khabar September 16,2020 Comments

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली नागरिकता संबन्धि कार्यदलका संयोजक सोनाम लामाले सो संबन्धि बिधेयक ड्राफ्टमाथि सुझाव दिन अनुरोध गर्नुभएको छ।

 

गैरआवासीय नेपाली नागरिकता जसलाई सुरुका वर्षहरुमा दोहोरो नागरिकता भनियो पछि संसोधन गरेर नेपाली नागरिकताको निरन्तरता भनियो। संबिधानमा भने यसलाई गैरआवासीय नेपाली नागरिकता भनेर ब्यबस्था गरिएकाले उपरान्त यसलाई गैरआवासीय नेपाली नागरिकता भनियो। सोहि बिषयमा सुझावको लागि सादर अनुरोध गर्दै गैरआवासीय नेपाली सम्बन्धित कानूनलाई संशोधन गर्न बनेको विधेयक २०७६ को विधेयकको ड्राफ्ट समेत सबैमा उपलब्ध गराइएको छ, उपाध्यक्ष लामाले एक विज्ञप्ति मार्फत बताउनु भएको छ।

 

उपाध्यक्ष लामाको अनुरोध

नेपाल सरकारद्वारा गैरआवासीय नेपाली सम्बन्धित कानूनलाई संशोधन गर्न बनेको विधेयक २०७६ को ड्राफ्ट यसै साथ एक टेबल बनाइ संलग्न गरेको छु। यहाँहरुले आफ्नो सुझाव यस टेबुल भित्र भरेर एक हप्ता भित्र पठाइदिन हुन सादर अनुरोध गर्दछु। यहाँहरुले दिएको सुझावहरु कम्पाइल गरेर नेपाल सरकार समक्ष पेश गरिने पनि जानकारी गराउँदछु।

 

भवदीय

सोनाम लामा

उपाध्यक्ष तथा संयोजक नागरिकता निरन्तरता कार्यदल

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

डकुमेण्टको लागि तलको लिंक खोल्नुहोस

https://drive.google.com/file/d/1Z-oNER_5XqQOmsVwrey4Eq5T41Kw-TNG/view?usp=drivesdk

अथवा गुगल डकमा खोल्नुहोस:

https://docs.google.com/uc?export=download&id=1Z-oNER_5XqQOmsVwrey4Eq5T41Kw-TNG