-गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर

Hollywood Khabar August 20,2021 Comments

कृष्ण के सी, अमेरिका, अगष्ट २१, २०२१

प्रसङ्ग

  1. गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १० औं विश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन अक्टोबर २३-२५, २०२१ मा हुने भएको छ। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिने निर्णय समेत गरिएको छ।
  2. सोहि समयमा आगामी कार्यकाल २०२१-२०२३ को लागि नेतृव चयन पनि हुनेछ। अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ। निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ।
  3. निर्वाचन अक्टुवर १०, २०२१ मा हुने निर्णय गरिएको छ।
  4. निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम भएको छ।
  5. नेपाल सरकारले अधिवेशनलाइ ब्यबस्थापन गर्न सधांझैं परराष्ट्रमन्त्रीको अध्यक्षतामा कार्यदल गठन गरेको छ।

निर्वाचनका लागि नेतृत्वका आकांक्षीहरुबीच र आपसी टक्करको सुरुवात

  1. अध्यक्षमा वर्तमान अध्यक्ष कुमार पन्तले सर्वसम्मत भएमा आफू दोश्रो कार्यकालमा आकांक्षी भएको कुरा बताएका छन्। तर उपाध्यक्ष डा बद्रि के सी, उपाध्यक्ष रबिना थापा र पूर्व उपाध्यक्ष कुल आचार्यले पनि जुनसुकै अवस्थामा आफू पछाडी नहट्ने बताएका छन्। यसर्थ अध्यक्ष पन्तको दोश्रो पटक रन हुने संभावना झिनो मात्र छ। सर्वसम्मत हुने कुरा संभव छैन भन्दा अनर्थ नलाग्ला। सोझै उम्मेदवार भएर आउन सिटिङ्ग प्रेसिडेण्टको तयारी राम्रो देखिएको छैन। अगष्ट १५ पछि डेलिगेट्सको अवस्था हेरेर विचार गर्ने बताएता पनि अध्यक्ष पन्त उम्मेदवार हुने संभावना कम छ।
  2. अध्यक्षका लागि उपाध्यक्ष डा बद्रि के सीले जो सुकै, जसरी आएता पनि आफू यो पटक अध्यक्षको लागि प्रत्यासी रहेको बताएका छन्। चुनावी प्रचार निरन्तर दिनएका उपाध्यक्ष के सी पछाडी हट्ने अवस्था छैन। उनको प्यानलका उपाध्यक्षका उम्मेदवारहरुमा धर्मराज अधिकारी, शिव बरुवाल, डा हेमराज शर्मा (संघमा विवादित विभेद गर्ने व्यक्ति वर्तमान महासचिव, राजेन्द्र कुमार शर्मा र गौरी जोशीहरु रहेका छन्। सचिवमा राम शरण सिम्खडा, गंगाधार गौतम लगायत रहेका छन्। डा बद्रि के सीलाइ यो पटक नेकपा एमालेका ओली पक्षले सपोर्ट गर्ने भएको छ।
  3. अध्यक्षमा वर्तमान उपाध्य रविना थापाले आफू अध्यक्षको लागि आकांक्षी रहेको, सिटिङ्ग भाइसप्रेसिडेण्टले दावी नगरे कसले गर्छ त, उनको प्रतिप्रश्न छ। गत पटक अरुलाइ मौका दिएको हो, मौका भनेको अधिकार होइन बारबार दिने कुरा हुँदैन। अब पछाडी हट्ने कुनै गुन्जायस छैन। चुनावको नतिजा जम्मा दुइवटा हुन्छन कि हारिन्छ कि जितिन्छ। आफू प्रयास र तकदिर दुवैमा अविश्वास गर्ने व्यक्ति भएकाले यो पटक जित्ने कुरामा आउनको विश्वास रहेको छ।उनले आफ्नो पुरै प्यानल बनाएर फुल फ्लेजमा नै प्रतिस्पर्धा गर्ने कुरा बताएकी छन्।
  4. अर्कातिर पूर्वउपाध्यक्ष तथा वर्तमान सल्लाहकार कुल आचार्यले पनि लोकतान्त्रिक समावेसी संयोजन गर्दै आफू अध्यक्षको लागि प्रत्यासी भएको बताएका छन्। यति मात्र होइन उनले औपचारिक रुपमा अगष्ट ३० मा उम्मेद्वारी नै घोषणा गर्ने भएका छन्। आचार्यका टिमका उपाध्यक्षमा वर्तमान उपाध्यक्ष मन के सी, वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठ, हिक्मत थापा, एसी शेर्पा, त्रिलोक गुरुङ, जानकी गुरुङ, हिमाल गुरुङ र राज रेग्मी रहेका छन्। महासचिवमा डा केशव पौडेल, सचिवहरुमा नारायण आचार्य, प्रविन गुरुङ्ग, भोमा लिम्बु, नारायण काफ्ले लगायत देखिएका छन्। कोषाध्यक्षमा लोक दाहाल र सोम सापकोटा, सहकोषाध्यक्षमा नविन शेरचन (खुला), जानकी पौडेल (महिला तर्फ) देखिएका छन्। त्यसैगरी महिला संयोजक जुनु गुरुङ र युवा संयोजकमा मनोज कुमार श्रेष्ठ गोर्खाली र बिमला सापकोटा रहेका छन्। संघमा यो पटक हेवी वेट मानिएका आचार्यले यो पटकको ५९ सिटको ओबीमा प्रवक्ता बाहेक पुरै ५८ सिटमा उम्मेदवार उठाउने भएका छन।

यो पटक आचार्यलाइ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले समाजवादी लायतका दलले सपोर्ट गर्ने भएका छन्। चुनावी फ्रन्ट रनर रहेका आचार्यले यहि अगष्ट ३० मा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन्।

अग्रजहरुको सदिच्छा

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले गत २०१९ को अधिवेशनमा अत्यन्तै राजनीति भएको भन्दै बहिस्कार गरेका थिए। तरपनि संघमा बाम पूर्वअध्यक्ष देवमान हिराचन र प्रमुख संरक्षंक तथा पूर्वअध्यक्ष शेष घलेको सोच र सपोर्ट एकैतिर जान्छ। आफ्नो सोच भिजन २०२० एण्ड बोयोण्ड मात्र होइन एउटा कार्यक्रममा उपाध्यक्ष डा बद्रि केसी र शेष घलेको टक्करले गर्दा यो पटक उनीहरुको सपोर्ट कुल आचार्य तर्फ जाने पक्का छ।

राजनीति हावी गराउने पहलमा भने नचुकेको इतिहास छ। संघको निर्वाचनमा पूर्वअध्यक्ष जीवा लामीछानेको प्रभाव बलियो रहने गरेको छ। तर यो पटक लामिछाने मौन बसेर बस्ने भनिएको छ। त्यो मौनताको अर्थ रिमोट र किबोर्ड हो या के हुने त्यो भने हेर्न बाँकी छ। गत २०१७ र २०१९ को निर्वाचन देखि नेपाली कांग्रेससँगको ब्यालेन्स बिग्रेको अवस्था र अहिले नेपालको सरकार परिवर्तनसंगै पूर्वअध्यक्ष लामिछानको सक्रियता उही रुपमा जाला जस्तो छैन भन्छन निकटमहरुले।

निवर्तमान अध्यक्ष भबन भट्टलाइ गत पटक दोश्रो कार्यकालमा जान रोकेको, खिचातानी गरेको, आफ्नो कार्यकालमा असहयोग गरेको जस्ता धेरै तीतो अनुभाव रहेको छ। यो पटक भट्टको सर्त केहि उम्मेदवारहरु एडजस्ट गरेर अर्को रुपमा जाने निश्चित छ।

निष्कर्ष:

यो पटक म आफूले हल्लाको लागि उम्मेदवर हुने, हुनको लागि हुने र अन्तिममा पुगेर उम्मेदवार नहुने, एनसीसीहरुमा खासै नतिजा नदेखाएका, कसैको बुइचढेर उम्मेद्वार हुन आएका, कसैलाई हराइउन र भोट काट्न भन्दै खर्चपानी लिएर उम्मेदवार हुनेहरुलाई भने डलर र पाउण्डको महँगो समय काटेर स्थान र समय नष्ट नगर्ने निस्कर्ष लिएको छु। यसलाइ अन्यथा नसंझनुहोला। यसैमा तपाइँ, म र हामी सबैको भलो छ। आफ्नो हैसियत हेर्न आफैंले संघमा दिएका योगदानको लिष्ट बनाएर हेर्नुहोला।