सन्तोष दाहाल/ललितपूर
२०७६ सालको नयाँ वर्षसँगै नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ।
देशभरका हरेक सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सन्चालन भईरहेको छ। सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न उत्प्रेरित गरिरहेको छ भने उच्च सेवा र सुविधासहितको गुणस्तरीय शिक्षा प्राप्तिका लागि भन्दै नीजि विद्यालयहरु पनि विद्यार्थी आफूतिर तान्नका लागि उद्यत छन् ।
नीजि विद्यालयहरुतिर सरकारी निकायको ध्यान जान सकेको देखिन्न, नयाँ शक्षिक नीति बन्दा पनि संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सनको प्रतिनिधित्त्व नगराई बनाईएको छ।यद्यपि आफ्नै स्रोत साधनबाट गुणस्तरीय शिक्षा दिनका लागी नीजि विद्यालयहरु पनि खटिरहेका छन् । यद्यपि सेवा सुविधा सँगै अधिकांश नीजि विद्यालयको शुल्क पनि त्यत्तिकै चर्को हुने गरेको पाईन्छ ।
तर विद्यार्थीलाई राम्रै सेवा-सुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ललितपुरको ज्ञान विज्ञान बोर्डिंग स्कुलले अति न्युन शुल्क लिइरहेको दावी गरेको छ। प्ले ग्रुप देखि कक्षा १० सम्मका कक्षाहरु सन्चालन गरिरहेको यो स्कुल ललितपूर महानगरपालिका १४, नखिपोटमा अवस्थित छ ।
आफ्नो विद्यालय नाफामूलक भन्दा पनि सेवामूलक उद्देश्यका साथ मात्र अगाडी बढेको विद्यालयका वर्तमान प्रिन्सिपल शंकर घिमिरे बताउँछन्। पछिल्लो समय ग्रेडिंग सिस्टम आएपछि पनि सेवासुविधा र शुल्कमा अधिकांश नीजि विद्यार्थीहरुले ब्रह्मलुट गरिरहेको उनको भनाई छ ।
यद्यपि ज्ञान विज्ञानमा भने त्यस्तो चर्को शुल्क नभएको भन्दै हुनेखाने देखि हुँदाखाने सम्मलाई शिक्षाको अवसर रहेको घिमिरेको भनाई छ । उनी भन्छन, कोही पनि पैसा तिर्न नसकेकै कारण शिक्षा लिने अवसर नपाएर्त ज्ञान विज्ञानको ढोकाबाट फर्कनु पर्दैन । समाजमा बसोबास गर्ने जुनसुकै हैसियतका किसान, मजदुर, भरियाका बच्चालाई हाम्रोमा पूर्ण स्वागत छ ।
न्युनतम शुल्कमै उच्चस्तरीय शिक्षा प्रदान गरिरहेको ज्ञान विज्ञान स्कुल नेपालमा समता स्कुल पछिकै सस्तो शुल्क विद्यालय भएको घिमिरेको दावी छ । अहिले आएको नयाँ व्यवस्थापन टीमले विद्यालयमा हरेक हिसाबमा डिजिटल प्रविधि पनि भित्र्याईसकेको छ ।
स्वस्थ खाने[पानी, स्वच्छ क्यान्टिन तथा पर्याप्त खेल मैदान रहेको स्कुलले पछिल्लो समय नर्सिङ्ग स्टेसनको धारणालाई पनि अगाडी बढाएको छ, जसले गर्दा आकस्मिक रूपमा बालबालिकाहरुमा आईपर्ने स्वास्थ्य समस्याको समाधान गर्नमा सघाऊ पुग्छ। यसको सेवा लिनका लागि विद्यार्थीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । यो कार्यक्रमको लागि यसै विद्यालयबाट अध्ययन गरी गएका पूर्व विद्यार्थीहरु, जो नर्सिङ्ग पेसामा आबद्ध छन् , ती लगायत अन्य संघसंस्थाको सहयोग रहेको छ ।
सरकारी निकायले संस्थागत विद्यालयहरुले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई मुल्याङ्कन गर्न नसकेको उनको गुनासो छ । सरकारी सेवासुविधा, बजेट सबै अहिले सामुदायिक विद्यालयले पाउछन , तर सोअनुसारको नतिजा र शैक्षिक गुणस्तर दिन सामुदायिक स्कुलले सकेका छैनन् । तर सामुदायिक विद्यालयकै जति पूर्वाधार विकास हुँदै गरेको ज्ञान विज्ञानमा भने उच्च शुल्क लिने संस्थागतकै तुलनामा शिक्षा दिने व्यवस्था छ ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...