भवानी राणालाइ हार्दिक बधाई तथा शुभकामना : एनआरएनए अध्यक्ष घले

Hollywood Khabar April 13,2017 Comments

हार्दिक बधाई तथा शुभकामना !

नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा श्री भवानी राणा चयन हुनु भएकोमा म व्यक्तिगत तथा संघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नीजि क्षेत्रको संघ संस्थाहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यहां जस्तो परिश्रमी र व्यवसायीहरुको हकहितमा आफ्नो अधिकांश जिवन समर्पण गरेको व्यक्तिका साथै  महासंघको इतिहासमा प्रथम महिला अध्यक्ष रुपमा पदभार ग्रहण गर्नु भएकोमा हामी विदेशमा बस्ने नेपालीहरु हर्षित भएका छौं । संघको स्थापनाकाल देखी नै नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ वीच विश्व सम्मेलन, लगानी, तथा आर्थिक क्षेत्रका साथै अन्य सरोकारका विषयहरुमा सहयोग र सहकार्य हुँदै आएको र यहाँको कार्यकालमा पनि यसले निरन्तरताका साथ नयां उचाई पाउने छ भन्नेमा मेरो विश्वास रहेको छ ।

अन्त्यमा, यहां लगायत निर्वाचित हुनु भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा नव वर्ष २०७४ को शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

शेष घले

अध्यक्ष,

अन्तर्राष्ट्रिय समन्वय परिषद

गैरआवासीय नेपाली संघ