कांग्रेसले संघिय स्वरुप अनुसार शुरु गर्यो नयाँ विधानको मस्यौदा

Hollywood Khabar August 29,2018 Comments

१५ भाद्र काठमाडौं।कांग्रेसको विधान मस्यौदा समितिले नयाँ विधानको खाका बनाउने काम थालेको छ।गत साता बसेको महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठित विधान मस्यौदा समितिको दोस्रो बैठकले काम गर्ने कार्यविधि तय गरेको हो।कार्यविधिसँगै नयाँ विधान बनाउने टुंगो लागेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाले विधान मस्यौदा समिति गठन गर्दै संघीय ढाँचाको नयाँ विधान तयार गर्न निर्देशन दिएका थिए। महामन्त्री खड्काले भने, ‘समितिले गत मंगलबार तय गरेको कार्यविधिअनुसार एक साताभित्र विभिन्न क्षेत्रबाट लिखित रूपमै सुझाव संकलन गर्दै छ।’

विज्ञ एवं दलका भ्रातृसंगठन एवं शुभेच्छुक संस्थालाई समेटेर सुझा लिने मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले बताए। संघ र प्रदेशका संसदीय दलबाट पहिलो चरणमा लिखित सुझाव मागेको पनि उनले स्पष्ट पारे। सामाजिक सञ्जालबाट समेत पार्टीको नयाँ विधानबारे सुझाव संकलन गर्ने समितिको तयारी छ। पार्टीको अहिले संरचना विस्थापित गर्दै संघीय संरचनामा कांग्रेसलाई रूपान्तर गर्ने हुनाले यो विधान बनाउने प्रक्रियालाई पार्टीभित्र र बाहिरबाट समेत चासोपूर्वक हेरिएको छ।