साङ्केतिक तस्बिर साभार वेब

कांग्रेसले ‘चितवन बन्द’ गर्ने

Hollywood Khabar February 23,2020 Comments

१२ फागुन चितवन। चितवनको माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै नेपाली काँग्रेसले चितवन जिल्ला बन्दको घोषणा गरेको छ। कांग्रेस जिल्ला कार्यसमिति चितवनले फागुन १५ गते ‘चितवन बन्द’ को घोषणा गरेको हो।

वडाध्यक्ष पौडेल बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायत ७ सुत्रीय माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा छन्।अनशन बसेको ६ दिन हुँदासमेत माग पूरा गर्नका लागि राज्यले चासो नदिएपछि काँग्रेसले चितवन बन्दको घोषणा गरेको हो।

घोषित कार्यक्रम अनुसार मंगलबार दिउँसो १२∶३० देखि जिल्ला प्रशासन कार्यालय, चितवनमा एक घण्टा धर्ना दिने, बुधबार लायन्स चोकबाट पुल्चोकसम्म मसाल जुलुस र बिहीबार चितवन बन्द गरिने काँग्रेसले जनाएको छ।