साङ्केतिक तस्बिर:साभार वेब

काँग्रेस सांसदले गरे राष्ट्रिय सभा बैठक अवरुद्ध

Hollywood Khabar February 19,2020 Comments

८ फागुन,काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन्।आजको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन्।

बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका थिए।उनले तीनवटा माग पुरा नभएसम्म बैठक चल्न नदिने बताएपछि काँग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए।बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले प्रकृयाअनुसार माग सम्बोधन गर्नतर्फ लाग्ने जानकारी गराएपनि सांसदहरु नबसेपछि बैठक स्थगित गरेका थिए।अर्को बैठक १५ फागुनमा बस्नेछ।