लेखक बिनीता गुरुङ

यसपालीको निरस संविधान दिवस

Hollywood Khabar September 18,2020 Comments

विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन आज असोज ३ संविधान दिवस। हजारौँको बलिदानपछि सशस्त्र सङ्र्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधि द्वारा गठित संविधानसभाबाट २०७२ साल आज कै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएकोको खुशीयालीमा असवज ३ लाई संविधान दिवसका रुपमा मनाईदै आएको छ। कोरोनाको महामारीबिच सामाजिक र भौतिक दुरीलाई व्यवस्थापन गर्दै काठमाण्डौको सैनिक मञ्च टुँडिखेल लगायत देशका विभिन्न ठाउँमा विविध कार्यक्रमका साथ संविधान दिवस मनाईयो । संविधान दिवसका अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले- सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने र अर्थतन्त्रलाई गम्भीर धक्का पुर्याउने गरी फैलिएको कोभिड–१९ सङ्क्रमणको महामारीको प्रभावका बारेमा विचारविमर्श गरी दिवस मनाउनुपरेको बताउनु भएको थियो।वक्तब्यका क्रममा थप्दै वहाँले भन्नु भयो- संविधानले कसैलाई विभेद नगरेको मात्र नभई नेपालको संविधान सबैलाई अटाउने संविधान रहेका भन्दै आशंका वा अस्पष्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

प्र म ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको पनि बताउदै विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेकोले देशको विकासमा जुट्न सम्पुर्ण नागरिकहरुलाई आग्रह गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उत्साहजनक रहेको समेत उल्लेख गर्नुभएको थियो।वक्तब्यका क्रममा उहाँले थप्नु भयो-'डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका उराठलाग्दो नभएर उत्साहजनक देखिएको छ ।'
गतवर्ष संविधान दिवसका दिन हातहातमा झण्डा बोकेका आमसर्बसाधारण ठाउँठाउँबाट हर्सोल्लासपूर्ण रुपमा खुशीयाली साटासाट गर्न चोक, चौतारा, सडक ओइरिएका थिए । हातहातमा झण्डा र मनमनमा संविधान थियो । काठमाडौँमा विभिन्न जातजाति, समुदाय र धर्म संस्कृति मान्ने व्यक्ति बडो खुसीका साथ दिवस समारोहमा सरिक थिए । उपत्यकाको हरेक क्षेत्रमात्रै होइन हरेक घर झण्डामय भएको थियो । राष्ट्रिय चाडकै रुपमा मनाइएको संविधान दिवसले ऐतिहासिक झलक पस्केको थियो ।

विभिन्न जातजातिको सास्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सास्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सास्कृतिक झाँकी प्रदर्शन गरेको थियो । कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्यले शोभा बढाएको थियो । भ्रमण वर्षका कार्यक्रम र दृष्य मोहित पार्न खालको थियो ।

विडम्बना यो अवसर यसपालीको संविधान दिवसमा प्राप्त हुन सकेन । आम नागरिकको मनमनमा संविधान भएपनि नेपाली जनताले विगतमा झैँ मन खोलेर दिवस समारोहमा सहभागि हुन पाएनन् । चाहना हुँदाहुँदै पनि कोभिड–१० सङ्क्रमण जोखिका कारण सम्भव भएन । यद्यपि सरकारले विशेष समारोह आयोजना गरेर आज संविधान दिवस भने मनाएको छ ।

निक्कै सुनसान रहेको सैनिकमञ्च टुँडिखेलमा भौतिक दुरी कायम गरेर राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख, संवैधिानिक निकायका प्रमुख, मन्त्रीगण, नेपाल सरकारका सचिव तथा अन्य सिमित विशिष्ट अधिकारीहरुको उपस्थितीमा संविधान दिवस मनाइएको थियो । न त्यहाँ जातजातिका झाँकी नै थियो न त आम सर्बसाधारण तथा सारा सरकारी कर्मचारीहरु नै उपस्थिति हुन पाए ।

संविधान जारी भएको पाँच वर्ष पुरा भएको छ।यस अवधिलाई केलाउने हो भने हरेक संविधान दिवसमा केहि शक्तिको उपगोग गर्न जान्ने कैदीहरुले कैद मिनाहा पाएर छुटे। कामको कति मुल्याङ्कन भयो भएन ईतिहासले देखाउला कुनैदिन तर पुरस्कृत र विभुषित हुनेहरु शक्तिको नजिकका या धाउन जान्ने अनुहार नै हुन भन्नेमा दुविधा देखिन्न त्यस्ता केहि राष्ट्र सेवकहरुको छातीमा पदक झुण्डिए।काम छल्ने कर्मचारी पुरस्कृत भएको पनि नदेखिएको होईन।कर्मचारीका लागि एक दिन भए नि अड्डा बन्द भयो सुख पाए । र यो खुशीमा नागरिकहरुको उल्लासमय सहभागिता हुने गरेकोमा यस पटक भने दिवस निरस रह्यो।

संविधान दिवसका अवसरमा निश्चित कैद समय भुक्तान गरेका कैदीबन्दीलाई राष्ट्यि दिवस एवम् महत्वपूर्ण सन्दर्भका अवसरमा मुक्तानी गर्नुपर्ने बाँकी कैद समय मिनाहा गर्ने गरेको छ । संविधान दिवसका अवसरमा नेपाल सरकारको ५० प्रतिशत कैद समय भुक्तानी गरेका कैदीबन्दीलाई संविधान दिवसका अवसरमा बाँकी समय माफी दिने निर्णय अनुरुप कास्की कारागारबाट बाँकी कैद समय माफी भई कर्तव्य ज्यान मुद्दाका पाँच, सवारी ज्यान सम्वन्धी दुई, चोरी, आगलागी ज्यानमार्ने उद्योग, कर्तव्य ज्यान र जवरजस्ती चोरीका एक महिलासहित एक/ एक जना गरेर ११ जना बन्दी आज मुक्त भएका थिए । 

नियमित कार्य बाहेक संविधान जारी भएको आधा दशक भईसक्दा पनि आम नागरिकका मनमा संविधानका बिषयमा उत्साहपुर्ण जग बस्न नस्कनु र सरकारका तर्फबाट पनि संविधानका बिषयमा सकारात्मक सन्देश प्रवाह गर्ने र दैलो दैलोमा संविधानको बिषयमा जागरण पैदा गर्न नसक्नु आजको दिनमा निरस मनको उपज बाहेक केहि होईन भन्ने लाग्छ।आजको संविधान दिवसका अवसरमा संविधानका बारेमा आम नागरिकले महसुस गर्न सक्नेगरि सन्देश प्रवाह हुन नसक्नु अनि संविधान जतिनै उत्कृष्ट र उल्लेखनिय भएपनि विभुषण, कैदमिनाहा गर्ने र शक्तिलाई घुमाउरो पाराले उपयोग गर्ने उपलब्धी बाहेक केहि नहुदा आम नागरिकलाई दुख लाग्नु स्वभाविक नै मान्नु पर्छ।

लेखक अधिवक्ता हुनुहुन्छ।