१२ जेठ,काठमाडौं।संविधानमा निशाना छापभित्र रहेको नेपालको नक्सा परिमार्जन गर्न सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव सर्वसम्मतले पारित गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।शीर्ष दलका नेतासहित आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले नयाँ नक्सा सम्बन्धी संविधान संशोधनको प्रस्तावलाई सर्वसम्मतरूपमा पारित गर्नुपर्ने निष्कर्श निकालेको हो।सरकारले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो।संविधान संशोधनजस्तो महत्वपूर्ण विषय भएकाले औपचारिक रूपमा पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गर्ने कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय समिति बैठक केही दिनमै बस्ने जनाइएको छ।
‘नक्सामा समेटिएका नयाँ भूमिहरू नेपालकै हुन् भन्नेमा कांग्रेस पहिल्यैदेखि दृढ छ,’ बैठकमा सहभागि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘अहिले सरकारले नयाँ नक्सा अनुसार संविधान संशोधनको प्रस्ताव अगाडि बढाएको छ।यो स्वागत योग्य छ।यसलाई सर्वसम्मत रूपमा संसद्बाट पारित गर्नुपर्ने पक्षमा कांग्रेस छ।’
उनले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको विषयमा दलहरू एकठाउँमा उभिनुपर्नेमा जोड दिँदै संशोधन प्रस्ताव सर्वसम्मत पारित गर्न संसद्भित्र रहेका र बाहिरका दलहरूसँग कांग्रेसले छलफलको पहल गर्ने समेत बताए।‘सबै राजनीति दलको सहमति जुटाउन कांग्रेसले पहल गर्नेछ,’ उनले भने।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...