कन्सुलेट अफिस लस एन्जलसमा : बिषय एक होडबाजी अनेक

Hollywood Khabar May 23,2017 Comments

राजन अधिकारी

कन्सुलेट अफिस लस एन्जलसमा अमेरिकाकै शक्तिशाली राज्य क्यालिफोर्निया र यसको सुन्दर शहर लस एन्जलस अनि आसपासका शहरहरू अब अमेरिकन नेपालीहरूको लागी मात्र होइन स्थानिय अमेरिकानहरुको लागि पनि थप आकर्षणको शहर भएको छ। कारण हालै नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले लस एन्जलसमा कन्सुलेट अफिस राख्ने भएको छ। जसले गर्दा अमेरिकाको पश्चिमी भेगमा रहनुहुने नेपालीहरूले नेपाली राजदुताबासबाट गर्राउनु पर्ने सरकारी कामकोलागी वासिंटन डि सी धाईरहन नपर्ने भएको छ।

हालको लागी कन्सुलेट अफिस स्थानिय नेपालीहरूको श्रोत र साधनबाट निर्णणाधिन पशुपतीनाथ बौद्धगुम्बा भबनमै  रहने जानकारी भएको हुदां यस भेगका नेपालीहरूलाई पशुपतिको जात्रा सिद्राको ब्यापार हुने भएको छ। सरकारी काम अनि धार्मिक यात्रा एकै साथ  हुने भएकोले धार्मिक र संस्कृत महत्व समेत बढ्ने भएको छ।

कन्सुलेट अफिस लस एन्जलसमा राख्न पहल गराउन मैले ठूलै भूमिका खेले भनेर आ आफ्ना नाम छपाउन यहॉं ब्यक्ति, संस्थाको होडबाजी नै शुरू भएको देखियो तर यसलाई कसैले पनि अन्यथा नलिईदिनु होला किनकी यो नेपालीहरूको खानदानी समस्या हो। जसले जे जति पहल गर्नुभयो उहॉंहरूलाई सम्पूर्ण क्यालिफोर्नियाबासी नेपालीहरूको तर्फबाट धन्यबाद दिदै कन्सुलेट अफिस नेपाल सरकारको हो, कुनै दल वा संस्थाको होईन त्यसैले आफूलाई चाहिएको सेवा निर्धक्क भएर लियौं।