वाशिंगटन स्टेटको वाणिज्य दुताबास महामहिम डा कार्कीबाट उद्घाटन हुने

Hollywood Khabar April 15,2017 Comments

अमेरिकाको वेस्टकोस्टमा पर्ने वाशिंटन स्टेट, सियाटल शहरमा नेपाली वाणिज्य दुताबासको अमेरिकाका लागि नेपाली महामहिम राजदुत डा अर्जुन कार्कीले समुद्घाटन गर्नुहुने भएको छ।

नेपाल सरकारका अवैतनिक वाणिज्य दुत एसी शेर्पाको नेपाली वाणिज्य दुताबास कार्यालयको औपचारिक उद्घाटन यहि अप्रिल २९, २०१७ का दिन हुने भएको छ। अवैतनिक वाणिज्य दुत एसी शेर्पा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक हुनुहुन्छ। यसका अवला शेर्पा एक सफल पर्यटन र रियलस्टेट ब्यबसायी पनि हुनुहुन्छ। उहाँको ब्यवसाय अमेरिका, नेपाल र क्यानाडामा समेत छन।

वाणिज्य दुतावास उद्घाटन कार्यक्रममा सियाटलस्थित सिटी अफ रेडमण्डका मेयर जोन मार्क क्वाईन, सिटी अफ बेथलका मेयर एण्डी रेयुमी सहित एनआरएनए द अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामा, एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष डा केशव पौडेल लगायत थुप्रै विशिष्ठ अतिथिहरुको उपस्थिति हुने सो कार्यकममा थप मनोरंजनात्मक बनाउन गायक आंडगेलु शेर्पा र नेपाली मध्येका प्रथम डिजे तेन्जीङ्गको विशेष प्रस्तुति रहनेछ।

नेपालको सोलुखुम्बु जिल्लामा जन्मेर सानै उमेर देखि अमेरिका बसेका शेर्पा सामाजिक सेवामा मात्र होइन बिश्व किर्तिमान राख्ने सगरमाथा लगायत बिश्वका उच्च शिखर मध्येका सेभेन समिटको समेत सफल आरोहण गर्नुभएको छ। यसका साथै शेर्पा ७० देशाका लागि शिखर आरोहणको प्रशिक्षक पनि हुनुहुन्छ।