-कोरोना भाइरस मास्क्ले रोक्दैन, कोरोनाकै कारण स्टक मार्केटमा १२.५% ले गिरावट

कोरोना भाइरस मास्क्ले रोक्दैन, कोरोनाकै कारण स्टक मार्केटमा १२.५% ले गिरावट

Hollywood Khabar February 27,2020 Comments

कृष्ण के सी/अमेरिका/२/२८/२०

ग्राउन जिरो चाइना भएको कोरोना भाइरसली विश्वोमा आतंक नै मच्चाएको छ। यसले विश्वो स्टक मार्केटमा नेगेटिभ १२.५% ले गरावट ल्याएको छ।

अमेरिकामा पाइएका ६० जना संक्रमित व्यक्ति मध्ये क्यालिफोर्नियामा पछिल्लो पटक पोजेटिभ पाइएका दुइजना भने ट्राभल नगरेका ब्यकित छन्। डाक्टरका अनुसार यो समुदायमा नै फैलिएको हुन सक्छ। यस्तो स्थिति भनेको डरलाग्दो हो।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले फेब्रवरी २७, २०२० मा कोरोना भाइरसबारे प्रतिकृया दिंदै अमेरिका कुनै पनि कुराको लागि तयार रहेको बताएका छन्। तर कोरोना भाइरस भने अज्ञात श्रोतबाट सर्न थालेपछि समाजमा आतंक फैलिएको छ। डाक्टरका अनुसार मास्कले कोरोना भाइरस रोक्न सक्दैन। मास्कको होल भन्दा भाइरसको साइज सानो छ। सर्जिकल मास्क लगाउँदा संक्रमति ब्यकिबाट अरुमा फैलिनबाट जोगाउन सक्छ। तर पुरै रोक्न भने सक्दैन।

डाक्टका अनुसार जन स्वास्थ्यका अरु उपायहरु जस्तै साबुन पानीले हात धुने, स्यानिटाइजारको प्रयोग गर्ने, अनुहार र मुख तिर हाल नलैजाने, सर्जिकल मास्क प्रयोग गर्ने, सर्जिकल ग्लोब प्रयोग गर्ने, क्लोरेक्सले किचेन लगायत भाँडाकुँडा, सर-सामान सफा गर्ने, बिरामी भएमा काम र स्कूल कलेज नजाने जस्ता थुप्रै कुरा गर्दा यसबाट केहि सपोर्ट हुन्छ।

कोरोना भाइरस फैलिएका कारण बिश्वो स्टक मार्केट २००८ पछि पहिलो पटक भारि रुपमा गिरेको छ। ब्याङ्क अफ अमेरिका नेगेटिभ २.१६, जनरल इलेक्ट्रिक भने अझै ४.७२ मा छ। एटीएण्डटी नेगेटिभ १.४३ मा झरेको छ। फोर्ड नेगेटिभ ०.१४ छ। यस्तै थुप्रै कर्पोरेटका शेयर बजार गिरेको छ। मार्केट विज्ञहरुले एक हप्तामा नै ३६०० पोइण्टले आएको मार्केट गिरावट सामान्य नभएको बताएका छन्।