तस्बिर साभार वेब

कोराना संक्रमित युवतीसँगै कतार एयरवेजमा आएका काभ्रेका ७ जना सम्पर्कमा

Hollywood Khabar March 24,2020 Comments

१२ चैत्र काभ्रे ।नोबेल कोराना भाइरस (कोभिड–१९)संक्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजको विमानमा नेपाल फर्केका काभ्रेका थप ५ जना सम्पर्कमा आएका छन्।सम्पर्कमा आएका ४ जना धुलिखेल का रहेका र एक जनाको ठेगाना पुष्टि हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिए।बुधबार सम्पर्कमा आएका ३ महिला र २ पुरुष रहेको प्रजिअ तिमिल्सिनाले बताए। 

सम्पर्कमा आएका व्यक्तिले बताए अनुसार सबै अमेरिकाबाट कतार हुदै नेपाल आएका हुन् । अहिले उनीहरु घरमै सेल्फ क्वरेन्टाइन बसिरहेको र उनीहरुलाई टेकु अस्पताल लैजाने बिषयमा छलफल भइरहेको तिमिल्सिनाले जानकारी दिए। 

नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी युवतीसँगै विमानमा बनेपा नाला र धुलिखेल काभ्रे भञ्जाङका २ जना मंनगलबार नै सम्पर्कमा आएका थिए । यससँगै कतार एयरवेजमा नेपाल फर्केका काभ्रेमा ७ जना सम्पर्कमा आएका छन् ।