साङ्केतिक तस्बिर:साभार वेब

पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि: संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुग्यो

Hollywood Khabar September 18,2020 Comments

३ असोज काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मध्ये काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन्।देशभर शनिबार १ हजार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएकोमा देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको र देशभर ७ हजार ७ सय ३५ जना क्वारेन्टिनमा रहेका छन्।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात महिला र चार पुरुष छन्।मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला, सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरकी ७६ र ६८ वर्षीया महिला तथा ६० वर्षीय पुरुष, काठमाडौँकी ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएसंगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।