कोरोनाले लग्यो स्पेनकी राजकुमारीलाई

0
shares

by Soni Sharma | Updated: 29 Mar 2020

171 views
तस्बिर साभार वेब

१६ चैत्र मड्रिड।स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।

यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ।स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन्।