१९ चैत्र काठमाण्डौं।नेपाल सरकारले कोभिड-१९ को सङ्क्रमणसँग जुझ्न एउटा निजी कम्पनी मार्फत् चीनसँग द्रुत परीक्षण गर्न सक्ने र्याभपिड टेस्ट कीट सहितका सामग्री खरिद गर्ने निर्णय रद्द गरिएको जनाएको छ।स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओबीसीआई प्रालिले तोकिएको समयभित्र सामान ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय गरिएको बताए।
उनले भने, "हामीले विमान पनि पठायौँ। तर उहाँहरूले तोकिएको समयभित्र हामीले जति भनेका थियौँ, त्यसको १० प्रतिशतको हाराहरीमा मात्रै सामान ल्याउनुभएको छ।"श्रेष्ठले चीनबाट सामान ल्याउन सहमति जनाएको ओबीसीआईले राखेको धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने पनि बताए।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता