साङ्केतिक तस्बिर:साभार वेब

कोरोना संक्रमितको संख्या १२१२ पुग्यो

Hollywood Khabar May 28,2020 Comments

१६ जेठ काठमाडौं। नेपालमा कोरोना संक्रमितको १२ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको हो।भारतबाट फर्कनेहरुको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म नेपालमा ६ जनाले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार २०६ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएका छन्। साथै कोरोनाको संक्रमण ५२ जिल्लामा फैलिएको छ।