-President Trump and Vice President Pence participate in a video teleconference with Governors on COVID-19 | March 26, 2020, PIC from The White House

कोरोना प्रभावित २.२ ट्रिलियन डलर आर्थिक राहत बिल पास

Hollywood Khabar March 26,2020 Comments

व्हाइट हाउसले आज दिउँसो जारि गरेको रिलिजमा व्हाइट हाउस र कंग्रेसका नेताहरुसंग भएको संझौता अनुसार प्रतिनिधि सभाबाट सो बिल पास भएको जनाइएको छ।

पारित बिल आजै राष्ट्रपति डनल्ड ट्रम्पको कार्यालयमा पुगेपछि तुरुन्तै राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेरका छन्। राष्ट्रपति ट्रम्पले बिलमा हस्ताक्षर गरेपछि सो बिल कानुन भएको छ। यस अधि सिनेटले ९६-० ले सो बिल पास गरेको छ। पारित बिल २.२ ट्रिलियन डलरको छ।

पारित गरिएको २.२ ट्रिलियन डलरको बिल मध्ये अमेरिकी परिवार, कामदार, साना ब्यबसाय, स्वास्थ्यकर्मीहरुले राहत स्वोरुप पाउनेछन। प्रति व्यक्ति /परिवारले पाउने रकम आन्दानी, घरमा रहेका १८ मुनिका बच्चा अनुसार फरक हुनेछ। तर प्रति व्यक्तिले एक पटक पाउने सरदर रकम १२०० अमेरिकी डलर हुने कुरा जनाइएको छ।