-COVID-19 आउटब्रेक: अमेरिकामा ४१७ को मृत्यू, ३३२७६ मा संक्रमण

COVID-19 आउटब्रेक: अमेरिकामा ४१७ को मृत्यू, ३३२७६ मा संक्रमण

Hollywood Khabar March 21,2020 Comments

कृष्ण के सी/अमेरिका/३/२२/२०

आज मार्च २२, २०२० आइतवार साँझ प्यासिफिक समय ७:२० बजे सम्म फेसबुकको Coronavirus (COVID-19) Information Center का अनुसार अमेरिकामा मृत्यू हुनेहरुको संख्या ४१७ पुगेको छ।

विश्वब्यापी रुपमा फैलिएको यो महामारीबाट ३३५,९९१ जना संक्रमित भएका छन्। त्यसैगरी १४,६४१ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ४१७ को मृत्यू र ३३,२७६ मा संक्रमण भएको बताइएको छ। हाल सम्मको स्थितिमा अमेरिका कोरोनाबाट धेरै संक्रमित हुने विश्वोको तेश्रो मुलुक हो।

राष्ट्रपति डनल्ड ट्रम्पले नेशनल गार्डलाइ मेडिकल स्टेशन बनाउन क्यालिफोर्निया र न्यूयोर्कमा परिचालन गरेका छन्।यसैबीच सिनेटर रन पललाइ कोरोना भाइरास पोजिटिभ भएको छ, उनि पहिलो कोरोना संक्रमित सिनेटर हुन्।