कृष्ण के सी/अमेरिका/६/२९/२०
जुन २९, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,२५,८०३ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या २५,४९,०६९ जना पुगेको छ। यहि समयमा विश्वमा कोभिड १९ संक्रमित संख्या १,०१,७३,७२२ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ५,०२,५१७ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।
यसै क्रममा अमेरिकाका सबैजसो राज्यहरुमा घट्दो रुपमा रहेको कोरोना भाइरस डिजिजको संक्रमण हाल आएर बढ्दो रुपमा आएको छ। क्यालिफोर्नियाका गभर्नर ग्वाविन न्यूसमले केहि काउण्टीका कतिपय ब्यबसायलाइ पुन: बन्द गर्ने निर्देशन दिएका छन्। यसैगरी हेल्थ प्रोटोकललाइ अत्यन्तै जोड दिएका छन्।