-NRNA:एनआरएनए एनसीसी कुवेतको कोभिड १९ राहत गतिबिधिहरु

NRNA:एनआरएनए एनसीसी कुवेतको कोभिड १९ राहत गतिबिधिहरु

Hollywood Khabar April 08,2020 Comments

गैरआवासीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कुवेतले हालै नेपाली समुदायमा कोभिड १९ प्रभावितहरुलाई राहत दिने गतिबिधि सुरु गरेको छ। एनआरएनए एनसीसी कुवेतले कोभिड १९ का कारण नेपालीमा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै राहत समितिमार्फत पूर्वतयारी गरिरहेको कुरा जनाएको छ। एनआरएनए एनसीसी कुवेतले नेपाली रुपैयाँ ४ लाख बराबरको खाद्य तथा अन्य अत्यावश्यक सामग्री जम्मा गरेको कुरा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आफ्नो फेसबुकमा जानकारी दिनु भएको छ।