Hollywoodkhabar advertisement

कोभिड १९ भ्याक्सिनको ४५ मिलियन डोज यो बर्षको अन्त सम्ममा, गभरनर न्यूसम

-कोभिड १९ भ्याक्सिनको ४५ मिलियन डोज यो बर्षको अन्त सम्ममा, गभरनर न्यूसम
0
shares

करिब ८ महिनाको कोरोना भाइरस डिजिजको संक्रमण कालपछि अक्टुवर १९, २०२० मा क्यालिफोर्नियाका गभरनर ग्वाविन न्यूसमले प्रेस बिरिफिंङ्ग गर्दै कोभिड १९ भ्याक्सिनको लिमिटेड संख्या २०२० मा नै उपलब्ध हुन सक्ने बताएका छन्।

गभरनर न्यूसमले भने, पहिलो अपेक्षा नोवेम्बर-डिसेम्बर २०२० सम्म मा करिब ४५ मिलियन डोज राष्ट्रभरिका लागि उपलब्ध हुने बताएका छन्। तर त्यो संख्या पर्याप्त मात्रामा हुँदैन। यसमा सिडिसीको गाइडलाइन, राष्ट्रिय स्तरको उत्पादन-बिरारण योजना, वितरण गर्ने आवश्यक पर्ने ७ डिग्री भन्दा कम तापक्रमको चेन कोल्ड ब्यबस्था जस्ता कुराले प्रमुख स्थान लिन्छन। दुइवटा कम्पनिहरुको कामको लोड हेर्दा यो वर्ष केहि लिमिडेट संख्या मात्र हुनेछ, गभरनरले भने। उनका अनुसार पहिलो प्राथमिकता अतिआवश्यक वर्ग जस्तोकी सिनियर सिटिजन, फर्स्ट रेस्पनडेण्ट लगायत पर्दछन।

हाल दुइवटा कम्पनीहरु Moderna र Pfizer ले गरेको योजना अनुसार यो बर्षको नोवेम्बर-डिसेम्बर सम्म दिने भन्ने हो। यी दुवै कम्पनिले यो वर्षको लागि जम्मा ४५ मिलियन डोज उपलब्ध गराउन सक्छन। तर आम रुपमा सर्वसाधारण फार्मेसी लगायतमा भने २०२१ को दोश्रो या तेश्रो त्रैमासिक अर्थात जुन-अगष्ट तिर सम्म लाग्न सक्ने कुरा बताएका छन्।