-Madhab KC

कोभिड-१९ को महामारीमा जन्मिएको गोदावारी-हेटौंडा वहुआयामिक केवलकार आयोजना

Hollywood Khabar May 28,2021 Comments

माधब खत्री, ललितपुर, मे २८, २०२१

कोरोनाको पहिलो लहरसँग जुध्नको लागि नेपाल सरकारले लकडाउन गरेपछि केहि हप्ता टिभी हेर्ने र पुस्तक अध्ययन गर्दै वित्यो। त्यसपछिका हप्ताहरुमा ७० भन्दा बढी उपन्यास प्रकाशन गरिसकेका प्रसिद्द अमेरिकी उपन्यासकार एडवर्ड रिप्पे सँग मिलेर २ वटा उपन्यास लेखेर प्रकाशन गर्ने अवसर जुर्यो। समग्रमा कोरोनाको पहिलो लहरमा लकडाउनलाइ मैले केही सकारात्मक काम गरेर सदुपयोग गरें भन्ने लाग्छ।

दोश्रो लहरसँग जुध्नको लागि सुरु भएको लकडाउनमा भने लेख्ने, पढ्ने भन्दा पनि एउटा भुइँमान्छेको हैषियतबाट केहि फरक र सकारात्मक सोच्ने र गर्ने हुटहुटी जाग्यो। राजनीतिक, आर्थिक पहुँच अर्थात राजनीतिक पहुँचदार नेता वा व्यापारिक घरानाको अर्वपति/खर्वपति ब्यापारी नभए पनि आफ्नो क्षत्र र समग्र देश र जनताको हितमा हुने केही सकारात्मक पहल गर्ने सोच सँगै जन्मियो "गोदावारी - हेटौंडा वहुआयामिक केवल कार आयोजना।

लकडाउनको सकारात्मक सदुपयोग गर्ने सोच सँगै जन्मिएको यो आयोजनाको वारेमा आफ्नो साथीसर्कल सँग छलफल गर्दै जाँदा थप उर्जा प्राप्त हुँदै गयो।आज विशेष गरि जापान लगायत अन्य देशमा रहेका गैरआवासीय नेपाली साथीहरुसमेतले यो आयोजना प्रति विशेष चासो देखाउनु भएको छ र साथीहरु आयोजनाको सुरुवातको लागि फिजिविलिटि स्टडी गराउन तयार हुनुहुन्छ। यो सँगै आयोजनाले एक कदम फड्को मारेको पनि महसुस भइरहेको छ।

हामीहरुलाई राम्रो जानकारी छ की यो आयोजना सम्पन्न गर्नु भनेको फलामको चिउरा चपाउनु भन्दा पनि कठिन छ तर पनि कोशिस गर्दै जाने हो र सफल नभए सम्म कोशिस गरिरहने हो भन्ने साथीहरुको सकारात्मक दृढ संकल्पले थप उर्जा थपेको छ।कोरोना महामारीको दोश्रो लहरको समाप्ति सँगै केही सहज अवस्थाको प्रतिक्षामा हामी छौं।

गोदावारी-हेटौंडा वहुआयामिक केवल कार आयोजना

केवल कार भन्नासाथ आम नेपाली जनमानसमा मन्दिर दर्शनको लागि मात्र बनाइएको हो भन्ने छाप परेको छ। हालसम्म नेपालमा निर्माण भएका मनकामना केवल कार,चन्द्रागिरी केवल कार, कालिन्चोक केवल कार आदीले मन्दिर दर्शनलाइ पहिलो प्राथमिकतामा राखेका छन्। नेपाल जस्तो पहाडी मुलुकमा हवाई मार्ग, सडक मार्ग र रेल मार्ग भन्दा पनि केवल कार सबै भन्दा सुरक्षित वैकल्पिक मार्ग हो। ललितपुरको गोदावरी देखि मकवानपुरको हेटौंडा स्थित क्याम्पा डाँडा सम्म अर्थात कान्ति लोकपथ माथिबाट केन्द्रिय राजधानी र वागमती प्रदेशको राजधानी जोड्ने केवल कार संसारकै नमुना केवल कार र नेपालको बैकल्पिक मार्ग हुन्छ। यो केवल कार आयोजना वैकल्पिक मार्ग हुनुको साथै यस भित्रका अन्य सहायक आयोजनाहरुले गर्दा यो बहुआयामिक र संसारकै नमुना आयोजना पनि हो।

यो केवल कार करिब ४० देखि ५० कि.मि. को दुरीमा सम्पन्न हुन्छ। सडक मार्ग हुँदै यात्रा गर्दा करिव ८० कि.मी. निकै जोखिमपूर्ण यात्रा गर्नु पर्छ। धेरै जसो पहिरो गइरहने हुँदा सडकमार्ग मुष्किलले वर्षको ६ महिना संचालन हुन पनि हम्मे हम्मे देखिन्छ भने केवल कार १२ महिना नै संचालन हुन्छ। हवाई र सडक मार्ग पछि यो नेपालकै पहिलो वैकल्पिक मार्ग हो। हेटौंडा-काठमाण्डु, काठमाण्डु-हेटौंडा यात्राको लागि यो सबैभन्दा छोटो, सस्तो, सुविधाजनक र सुरक्षित हुन्छ। यो केवल कार खराव मौसम, वाढी पहिरोले सडक र हवाई मार्ग अवरुद्ध हुँदा संघिय राजधानि लाइ प्रदेश राजधानि र समग्र तराइलाइ जोड्ने, अत्यावस्यक सामान ढुवानी गर्ने भरपर्दो वैकल्पिक मार्ग हुन्छ।

यसले सबैभन्दा ठुलो योगदान पर्यटन क्षत्रलाइ दिने छ। यूपी र विहारका धार्मिक पर्यटकहरु एकै दिनमा पशुपतिनाथको दर्शन गरेर फर्कन सक्छन। नेपालीहरुले त प्राय: सबैले केवल कार चढ्ने र नचढेकाहरुले पनि कम्तिमा देख्ने अवसर पाएका छन् तर यूपी र विहारका अधिकांशले केवल कार चढ्ने मौका पाएका छैनन्। यो आयोजनाले यिनीहरुलाई एकै दिनमा केवल कार चढ्ने र पशुपतिनाथको दर्शन गर्ने दुवै अवसर एकसाथ जुटाईदिने छ। केन्द्रिय राजधानिमा बसेर बागमती प्रदेशको राजनीति गर्ने प्रदेश साम्सद र मन्त्रिहरुलाई सबैभन्दा उपयुक्त मार्ग हुन्छ। हरेक दिनको बैठकको लागि काठमाण्डु बाटै आवतजावत गर्न सक्छन।

यो केवल कार निर्माणमा मात्र करिव २५ अर्व र अन्य थप सहायक आयोजनामा करिव २५ अर्व गरि ५० अर्वमा यो बहुआयामिक आयोजना सम्पन्न हुन्छ। यो केवल कार ललितपुर जिल्लाको गोदावरीस्थित पुरानो गोदावारी मार्वल फ्याक्ट्री, लेले स्थित मनकामना मन्दिर, भारदेउ स्थित पाथिभरा मन्दिर, दलचोकी, मकवानपुर जिल्लाको ठिङ्गिन, मकवानपुर गढी र हेटौंडा स्थित क्याम्पा डाँडामा समेत गरि जम्मा ७ स्टेशन हुन्छ। हरेक स्टेशनमा ओर्लने र उक्लने सुविधा हुनुको साथै हरेक स्टेशनका आआफ्नै विशेषता हुन्छ जसले केवलकारको महत्व र आकर्षणलाइ झनै बढाईदिने छ।

(१ ) गोदावरी स्टेशन

यो स्टेसन गोदावरीको पुरानो गोदावरी मार्वल फ्याक्ट्रीरहेको स्थानमा हुन्छ। यहाँ आधुनिक सुविधा सम्पन्न अस्पताल, होटल, रेष्टुरेन्टहरु, सपिङ्ग महल, मुभी थिएटर, मिनेरल वाटर फ्याक्ट्री, कार्गो गोदाम, हेलिप्याड र प्रसस्त पर्किङ्ग हुन्छ। केवलकारका डिब्बाहरु मध्य केहि निश्चित डिब्बाहरु एम्बुलेन्स डिब्बा हुन्छन र यी डिब्बाहरुबाट आउने विरामीहरुलाइ सिधै अस्पतालको इमर्जेन्सी वार्डमा अवतरण गर्ने सुविधा हुन्छ। मकवानपुर बाट कार्गो डिब्बामा आएका सामानहरुको लागि उचित गोदामको व्यवस्था हुन्छ। मित्रराष्ट्र भारतबाट पशुपति दर्शनको लागि आउने धार्मिक पर्यटकहरुको लागि स्टेशनबाट एक्सप्रेस पशुपतिनाथसम्म गाडीको सुविधा हुन्छ। सगरमाथाको पानी प्रषोधन र प्याकिङ्ग गर्ने फ्याक्ट्री, पानी ढुवानी गर्ने हेलिकप्टर र हेलिकप्टरको लागि हेलिप्याड हुन्छ।आयोजनाको हेलिकप्टर सहायक आयोजना अन्तर्गत सगरमाथाको पानी गोदावरी स्टेसन सम्म ढुवानी गर्न, आकस्मिकरुपमा हवाई एम्बुलेन्सको रुपमा विरामीहरुको उद्दार गर्न, पर्यटकहरुलाई हिमालयको दृश्य अवलोकन गराउन प्रयोग हुन्छ।

संसारका सबै भन्दा दश महङ्गा मिनरल वाटर (७५० एम. एल ) को सुची हेर्ने हो भने प्रति बोटल $ ५ देखि $६०,००० सम्म पाइन्छ। जती महङ्गा भए पनि सबै पिउने पानी नै हुन् र यहीं पृथ्वी मै उपलब्ध छन्। सबैमा कुनै न कुनै एउटा विशेष गुण देखाइएको छ वा थप गरिएको छ। यी दश महङ्गा मिनरल वाटरमा भएका विशेषता वा विशेष गुण भन्दा उच्च र संसारकै दुर्लभ विशेषता भएको पिउने पानी हाम्रो नेपालमा उपलब्ध छ। हाम्रो दुर्लभ विशेषता भएको पानीलाइ संसारकै दोश्रो महङ्गो मिनरल वाटरको रुपमा प्रति बोटल $ १,००० का दरले संसार भरि बेच्न सकिन्छ।

संसारका दश महङ्गा मिनरल वाटरको सुची र तीनका विशेषता हेर्ने हो भने दशौँ नम्बरको प्रति बोटल $५ मूल्य पर्ने जापानमा उत्पादन हुने पानीको एक मात्र विशेषता भनेको यो जापानको माउन्ट फुजीमा उत्पादन हुन्छ र विशेष गुणस्तरिय बोटलमा भरिन्छ। त्यस्तै अन्य पानीहरु मध्य कुनै समुन्द्रको सबैभन्दा गहिराइ बाट लेराएर भरिन्छ भने सबै भन्दा महङ्गो पानीको विशेषता भनेको यो पानी भर्ने बोटल २४ क्यारेट सुन बाट बनाइन्छ।

संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको पानी आफैंमा एक मात्र विशेष विशेषतायुक्त पानी हो जुन विशेषता चाहेर र जती सुकै खर्च गरेर पनि अरुले पाउन सक्दैनन् किनकि यसको लागि अर्को सगरमाथा बनाउनु पर्ने हुन्छ। सगरमाथाको पानीलाइ अत्याधुनिक मेसिन र आधुनिक प्रविधी प्रयोग गरी, आवस्यक मिनरल थप गरेर विशेष गुणस्तरिय बोटलमा प्याकिङ्ग गरेर संसारका धनाढ्य र शौखिन व्यक्तिहरु, महङ्गा स्टार होटलहरुमा प्रति बोटल $१,००० का दरले सजिलै बेच्न सकिन्छ।

संसारकै सबैभन्दा अग्लो चुचुरो चढ्ने, चढ्न नसके पनि नजिक बाट हेर्ने रहर बोकेकाहरुलाई सगरमाथाको पानीले विशेष महत्व राख्ने छ। यो पानीको बोटललाइ सगरमाथा र बुद्दको फोटोले र्याप गरिन्छ।हरेक बोटल सँगै गौतम बुद्दको जन्मस्थल लुम्बीनीको १०० ग्राम माटोलाइ विशेषरुपमा प्याकिङ्ग गरिन्छ। लुम्बिनीको माटो र सगरमाथाको पानी संसार भरका बुद्ध धर्मावलम्बीहरुको लागि विशेष महत्वको हुन्छ।यसले सगरमाथा, गौतम बुद्ध र नेपाललाइ एकसाथ संसार भरि चिनाउन महत्वपूर्ण भूमिका पनि खेल्छ।

(२) मनकामना मन्दिर स्टेसन-यो स्टेसनमा मनकामना मन्दिर तिर्थाटन गर्ने, स्थानिय यात्रुहरु ओर्लने र उक्लने सुविधा हुन्छ।

(३) पाथिभरा मन्दिर स्टेसन-यो स्टेसनमा पाथिभरा मन्दिर तिर्थाटन गर्ने, स्थानिय यात्रुहरु ओर्लने र उक्लने सुविधा हुन्छ।

(४) दलचोकी स्टेसन-स्थानिय यात्रुहरु ओर्लने र उक्लने सुविधाको साथै यो स्टेसनमा होटेल, रेष्टुरेन्टहरु, फन पार्क र पिकनिक स्पटहर हुन्छन

(५) ठिङ्गिन स्टेसन-मकवानपुरको ठिङ्गिन क्षत्रमा हुने स्टेशनमा यात्रुहरु ओर्लने र उक्लने सुविधाको साथै डोमेष्टिक जू (घरपालुवा जनावर र पशुपंक्षीहरुको व्यवसायिक खेतीका स्टलहरु ) सहित पशुविज्ञान कलेज, वनविज्ञान कलेज, होटल र रेष्टुरेन्टहरु हुन्छन।

(६) मकवानपुरगढी स्टेसन - यो स्टेशनमा यात्रुहरु ओर्लने र उक्लने सुविधा हुन्छ।

(७) क्याम्पा डाँडा स्टेसन-मकवानपुरको हेटौंडास्थित क्याम्पाडाँडा स्टेसनमा यात्रुहरु ओर्लने र उक्लने सुविधाको साथै कार्गो गोदाम, रेष्टुरेन्टहरु र यथेष्ट पार्किङ्गको व्यवस्था हुन्छ। पशुपतिनाथ दर्शन गर्न आउने स्वदेशी विदेशी धार्मिक पर्यटकहरु, हेटौंडा-काठमाण्डु दैनिक सडक मार्ग भएर यात्रा गर्ने यात्रु, विचको स्टेशनहरुमा रहेका होटेल, फनपार्क, पिकनिक स्पटहरु, डोमेष्टिक जू भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटक, एम्बुलेन्स प्रयोग गर्ने विरामी आदी समेत गर्दा दैनिक औषत १० हजारले केवल कार यात्रा गर्नेछन्।

गोदावरी- हेटौंडा वहुआयामिक आयोजनाले केवल कार, कार्गो गोदाम, होटल, रेष्टुरेन्ट,माउण्ट एभरेष्ट मिनेरल वाटर, अस्पताल, डोमेष्टिक जू, फनपार्क, पिकनिक स्पट, पशुपंक्षी र वन बिज्ञान कलेजहरुमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा गरि २५ हजार भन्दा बढी रोजगारी शृजना गर्छ।