हलिउडखबर, अमेरिका/१२/३/२०
डिसेम्बर ३, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ७३ हजार ८ सय ४८ पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या १ करोड ३९ लाख २६ हजार ८२ जना पुगेका छन्।
नेपालमा हाल सम्म १ हजार ५ सय ५१ जनाको कोरोनाको कारण मृत्यू भएको छ भने २ लाख ३७ हजार ५ सय ८९ जना संक्रमित भएका छन्।
त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ६ करोड ४६ लाख ६४ हजार ४ सय ५ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १४ लाख ९६ हजार ७५ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।