-कोभिड १९ नोवेम्बर १:अमेरिकामा २ लाख ३० हजार नेपालमा ९६० को मृत्यू

कोभिड १९ नोवेम्बर १:अमेरिकामा २ लाख ३० हजार नेपालमा ९६० को मृत्यू

Hollywood Khabar October 31,2020 Comments

हलिउडखबर, अमेरिका/११/०१/२०

नोवेम्बर १, २०२० PST बिहान ८:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ३० हजार ५ सय ८६ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ९१ लाख ३० हजार ४ सय ८२ जना पुगेका छन्।

नेपालमा हाल सम्म ९६० जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। गत २४ घण्टामा २३ जनाको कोभिडका कारण मृत्यू भएको हो। संक्रमति संख्या १ लाख ७३ हजार ५ सय ६७ जना पुगेका छन्। नेपालको मृत्यू दर प्रतिदिन थप ६ जना हुने गरेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ४ करोड ६१ लाख ९६ हजार ८७ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट ११ लाख ९७ हजार १ सय ९४ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।