Hollywoodkhabar advertisement

कोभिड १९ नोवेम्बर १९:अमेरिकामा २ लाख ६४ हजार, नेपालमा १४५४ को मृत्यू

-कोभिड १९ नोवेम्बर १९:अमेरिकामा २ लाख ६४ हजार, नेपालमा १४५४ को मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/११/२८/२०

नोवेम्बर २८, २०२० PST बिहान ७:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ६४ हजार ९ सय २५ पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या १ करोड ३१ लाख ३ सय ८६ जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार ४ सय ५४ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। नेपालमा संक्रमति संख्या बढेर २ लाख ३० हजार ७ सय २३ जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ६ करोड १८ लाख १८ हजार ३ सय ४८ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १४ लाख ४५ हजार ९ सय १५ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।