-कोभिड १९ नोवेम्बर ५:अमेरिकामा २ लाख ३३ हजार र नेपालमा १०५२ को मृत्यू

कोभिड १९ नोवेम्बर ५:अमेरिकामा २ लाख ३३ हजार र नेपालमा १०५२ को मृत्यू

Hollywood Khabar November 04,2020 Comments

हलिउडखबर, अमेरिका/११/५/२०

नोवेम्बर ५, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ३३ हजार ७ सय ३६ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ९४ लाख ८९ हजार ४ सय ६८ जना पुगेका छन्। नेपालमा हाल सम्म १०५२ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। नेपालमा संक्रमति संख्या १ लाख ८५ हजार ९ सय ७४ जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ४ करोड ८२ लाख ३८ हजार ७ सय १६ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १२ लाख २७ हजार ३ सय २० जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।