-कोभिड १९ नोवेम्बर ९:अमेरिकामा २ लाख ३७ हजार र नेपालमा ११२६ को मृत्यू

कोभिड १९ नोवेम्बर ९:अमेरिकामा २ लाख ३७ हजार र नेपालमा ११२६ को मृत्यू

Hollywood Khabar November 08,2020 Comments

हलिउडखबर, अमेरिका/११/९/२०

नोवेम्बर ५, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख ३७ हजार ५ सय ८७ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ९९ लाख ७५ हजार ५०० सय पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार १ सय २६ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। नेपालमा संक्रमति संख्या १ लाख ९७ हजार २४ जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ५ करोड ५ लाख २३ हजार ५ सय २ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १२ लाख ५८ हजार १ सय २० जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।