Hollywoodkhabar advertisement

कोभिड १९, अक्टुवर १६: अमेरिकामा २ लाख १७ हजार र नेपालमा ७१५ को मृत्यू

-कोभिड १९, अक्टुवर १६: अमेरिकामा २ लाख १७ हजार र नेपालमा ७१५ को मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/१०/१७/२०

अक्टुवर १७, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख १७ हजार ७ सय १७ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ७९ लाख ८१ हजार ९ जना पुगेका छन्।

नेपालमा हाल सम्म ७१५ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। त्यो संख्या गत २ दिन पहिला ६९४ थियो। पछिल्लो २८ घण्टामा नेपालमा २१ जनाको मृत्यू भएको छ। नेपालमा संक्रमति संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेका छन्।

यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३ करोड ८९ लाख ९८ हजार ५ सय ८० जना पुगेको छ। त्यसैगरी मृत्यू हुनेहरुको संख्या १० लाख ९९ हजार ४ सय ९ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।