-कोभिड १९ अक्टुवर २९: अमेरिकामा मृत्यू संख्या २ लाख २७ हजार नेपालमा ९०४

कोभिड १९ अक्टुवर २९: अमेरिकामा मृत्यू संख्या २ लाख २७ हजार नेपालमा ९०४

Hollywood Khabar October 28,2020 Comments

हलिउडखबर, अमेरिका/१०/२९/२०

अक्टुवर २९, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख २७ हजार ७ सय ३ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ८८ लाख ६१ हजार २ सय ७ जना पुगेका छन्।

नेपालमा हाल सम्म ९०४ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ भने संक्रमति संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ४ करोड ४६ लाख २४ हजार ५० जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट ११ लाख ७५ हजार ७ सय १२ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।