-अक्फोर्डको कोभिड १९ भ्याक्सिनको क्लिनिकल परिक्षण रोकियो तर भारतले निरन्तर गर्ने

अक्फोर्डको कोभिड १९ भ्याक्सिनको क्लिनिकल परिक्षण रोकियो तर भारतले निरन्तर गर्ने

Hollywood Khabar September 09,2020 Comments

कोरोना भाइरस डिजिज बिरुद्धको भ्याक्सिन संबन्धि अनुसंधान गर्दै आएको बेलायतको अक्सफोर्ड युनिभर्सीटीले भ्याक्सिनको क्लिनिकल परिक्षण गर्न तत्कालको लागि रोकेको छ। तरपनि भारतमा भने यसको परिक्षण नियमित हुने कुरा भारतीय पक्षलाइ उदृत गर्दै भारतका संचार माध्यमहरुले बताएको छन।

 

बिबिसी न्यूजका अनुसार बेलायतमा भ्याक्सिन परिक्षण गर्ने क्रममा एकजना भोलेण्टरको मृत्यू भएपछि प्रडक्शनको लागि अन्तिम चरणमा पुगेको कोरोना भाइरस विरुद्धको भ्यास्किनको क्लिनिकल परीक्षण रोकिएको छ। यसका लागि साझेदारीमा कम्पनि एस्ट्राजेनेकाले नियमित रुपमा स्थगन गरेको जनाएको छ। पछिल्लो पटक अक्स्फोर्डको भ्याक्सिन परीक्षणमा ब्रजिल, दक्षिण अफ्रिका, अमेरिका, बेलायत, भारत गरी झन्डै ३०,००० मानिस सहभागी भएको बताइएको छ।