-रुसलाइ चोरी आरोप लागेको कोभिड १९ भ्याक्सिन नेपालमा तस्कर ब्यापार गर्न प्रयास

रुसलाइ चोरी आरोप लागेको कोभिड १९ भ्याक्सिन नेपालमा तस्कर ब्यापार गर्न प्रयास

Hollywood Khabar September 15,2020 Comments

कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ को परिक्षण भ्याक्सिन विश्वका थुप्रै देशमा तेश्रो चरणमा छन्।

हरेकले आफ्नो परिक्षण सार्वजनिक गरेकाछन। तर कुनै अनुसन्धान र परिक्षण नै नगरेको रुसले सो भ्याक्सिन गत महिना एकै पटक बजारमा ल्यायो। सो कुरालाइ अमेरिका लगायत थुप्रै मुलुकाका बैज्ञानिकहरुले आलोचना गरेका थिए।अझै पनि रुसले कोभिड १९ भ्याक्सिन परिक्षणको कुनै सूचना दिएको छैन।

तर पछिल्लो पटक चिनियाँ र रुसीहरुको चासो नेपालमा भ्याक्सिनको तस्करी गर्न तर्फ बढेको छ। बिबिसी समाचारका अनुसार नेपालमा चिनियाँ, रुसी र अन्य खोप निर्माताको चासो बढेको छ तर ति भ्याक्सिन परीक्षण गरिएको छैन। नेपालको स्वास्थ्य अनुसन्धान परिषद्‌मा थुप्रै विदेशी खोप निर्माता कम्पनीहरूको तर्फबाट कोरोनाभाइरसको खोप परीक्षणका निम्ति चासो देखाइएका छन्। तर सो संबन्धि कुनै निर्णय भएको छैन।

जन स्वास्थ्यको ध्यान र चासो भन्दा पनि गुट र माफीयले चलेको वर्तमान नेपाल सरकारले रुसी भ्याक्सिन ल्याउने निर्णय गर्यो भने कुनै अचम्म हुने छैन। हुन त युनिसेफ लगायतले नेपाललाइ भ्याक्सिन सहज रुपमा ल्याउन सहयोग गर्ने बताएका छन्।