-कोभिड १९ र आलामेडा काउण्टीको नयाँ शब्द सोसल बबल्स-सोसलाइजिङका कुरा

कोभिड १९ र आलामेडा काउण्टीको नयाँ शब्द सोसल बबल्स-सोसलाइजिङका कुरा

Hollywood Khabar June 08,2020 Comments

कृष्ण के सी/अमेरिका/६/९/२०

कोभिड १९ को महामारी बीच ठप्प प्राय भएको सोसलाइजिङका कुरा अब आएर केहि नयाँ तरिका र बिधि सहित बिस्तारै खुल्दै गएका छन्। बिचमा Black Lives Matter प्रोटेष्टले अमेरिकी समाजलाइ अर्को मोडमा पुर्याएको छ। यसै क्रममा क्यालिफोर्नियाको आलामेडा काउण्टीले केहि सर्त सहित आउटडोर गतिबिधि गर्न पाइने बताएको छ।

काउण्टीले यसलाई नयाँ शब्द सोसल बबल्स गर्न पाइने भनेको छ। काउण्टीले अझै पनि बारबर शप, जीम, रेष्टराँमा खाना लगायत थुप्रै कुरा खोलेको छैन। जुन ५, २०२० शुक्रबारका दिन काउण्टीले दिएको जानकारी अनुसार जुन ८, २०२० सोमबार देखि केहि नयाँ मापदण्ड सहित सोसल बबल्स गर्न पाइने भनेको छ।

सोसल बबल्सको परिभाषामा १२ जना भन्दा कम व्यक्तिहरु कुनै सुरक्षति ठाउँमा जम्मा भएर सामाजिक गतिबिधि गर्न पाउने छन् भनिएको छ। यस्ता गतिबिधि गर्दा आफ्ना साना-साना बच्चा खेलाउन पाइनेछ। तर त्यहाँ सबैले मास्क लगाएको हुनुपर्छ, आपसमा हात मिलाउन, हग गर्न, किस गर्न, छुन पाइने छैन। आवश्यक्ता अनुसार पन्जा र स्यानिटाइजर प्रयोग गरेको हुनुपर्छ। अर्थात सोसल डिस्ट्यान्सिङको मापदण्ड पुरा गरको हुनुपर्छ।

त्यसैगरी एउटा व्यक्तिले एक मात्र सोसल बबल्समा सहभागी हुन पाउँछ। तर कुनै एक बच्चा एक भन्दा धेरै व्यक्तिको शेयर कष्टडीमा छ भने त्यस्ता व्यक्तिहरुले एक भन्दा बढी सोसल बबल्समा सहभागी हुन् पाउँछन्। सोसल बबल्स कम्तिमा पनि ३ हप्ता सम्म कायम रहने छ।

यस्तो सोसल बबल्स गर्दा चाइल्ड केयरको पनि ब्यबस्था गर्न सकिनेछ। तर चाइल्ड केयरमा १२ जना भन्दा कम बच्चाहरु मात्र राख्न सकिनेछ। हरेकलाइ बच्चालाई फरक कोठामा राख्नुपर्छ। हरेक बच्चाहरुले फेस कभर र सोसल डिस्त्यानसिङको मापदण्ड पुरा गरेको हुनुपर्छ।