-न्यूयोर्क र आसपास राज्यहरुमा संयुक्त रुपमा कोभिड १९ सपोर्टको गरिएको रिपोर्ट

न्यूयोर्क र आसपास राज्यहरुमा संयुक्त रुपमा कोभिड १९ सपोर्टको गरिएको रिपोर्ट

Hollywood Khabar June 12,2020 Comments

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) कोरोना संरोना संक्रमणको सुरूवात देखी नै नेपाली समुदायको मानविय सेवामा राहत तथा उद्दारको कार्यमा निरन्तर छ।

हाल सम्म संस्थागत रूपमा न्यूयोर्क, न्यूजर्सीमा क्रियाशील विभिन्न सामाजिक सामुदायिक संघ संस्थाहरूको क्रियाशीलता र भुमिका अतुलनिय नै छ। उहाहरूको कार्यलाई साथ दिन फिप्नाको तर्फबाट विभिन्न संस्थागरूलाई कोरोना संक्रमण संग वच्ने PPE सामग्री उपलब्ध गराईएको छ। यो सामुहिक रूपमा वितरण गरिएको पाचौं चरणको कार्यक्रम हो ।

जसअन्तर्गत

१ . युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका

सर्जिकल माक्स - २५० प्रति

ग्लव्स - १,००० प्रति

२ . घ्यालसुम्धो सेवा संस्था अमेरीका

सर्जिकल माक्स - ५० प्रति

ग्लव्स - १,००० प्रति

३ . नुब्री एसोसिएशन अमेरीका

ग्लब्स- १,००० प्रति

४ . गुरूङ तमु सोसाइटी ईङक अमेरीका

सर्जिकल माक्स - ५० प्रति

ग्लब्स - १,००० प्रति

५ . मुगुम एसोसिएशन अमेरीका

सर्जिकल माक्स - ५० प्रति

ग्लब्स- ६०० प्रति

६ . तामाङ सोसाइटी अफ अमेरीका ( covid-19 Task force )

सर्जिकल माक्स - ५० प्रति

ग्लब्स- ६०० प्रति

७ . शेर्पा संघ अमेरीका

सर्जिकल माक्स-४६ प्रति

ग्लब्स-२०० प्रति

साथै प्रत्येक दिन व्याक्तीगतरूपमा विभिन्न परिवारहरूलाई समेत दिनको ४/५ परिवारलाई आवश्यक सामाग्री निरन्तर वितरण गर्दै आईरहेका छौ। व्यक्तीगत वितरण को फोटो खिचिएको छैन।

लोक चेम्जोङ

अध्यक्ष- फिप्ना

स्रोत परिचालन समिती सदस्य- कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह, न्यूयोर्क

जुन १३, २०२०