Hollywoodkhabar advertisement

क्यालिफोर्नियामा कोभिड १९ भ्याक्शिन डिसेम्बर १५ भित्रमा, स्वास्थ्यकर्मीलाइ पहिला

-क्यालिफोर्नियामा कोभिड १९ भ्याक्शिन डिसेम्बर १५ भित्रमा, स्वास्थ्यकर्मीलाइ पहिला
0
shares

क्यालिफोर्नियाका गभर्नर ग्वाविन न्यूसमले डिसेम्बर ३, २०२० मा राज्यमा डिसेम्बर १५ सम्म पहिलो लटको कोभिड १९ भ्याक्शिन आइपुग्ने बताएका छन्।

पहिलो लटमा ३ लाख २७ हजार डोज प्राप्त हुने, वितरण योजना पनि तयार भएको जानकारी दिएका छन्। यो डोजको सुरुवात अति जोखिम स्तरमा काम गर्ने स्वास्थ्यकर्मीहरुबाट सुरु गरिने जनाएका छन्।

पहिलो प्राथमिकतामा सरुवा रोग, एक्यूट केयर फेसिलिटी, स्किल नर्सिङ्ग फेसिलिटी र डायालिस सेन्टरमा पहोलो शट प्रदान गरिने छ। त्यसैगरी दोश्रो प्राथमिकतामा भने इण्टर्मिडियट हेल्थ केयर फेसिलिटी, इन होम हेल्थ केयर वर्कर, कम्यूनिटी हेल्थ वर्कर पर्नेछन।तेश्रो प्राथमिकतामा ल्याब वर्कर, डेण्टल अफिस, फार्मेसी वर्कर पर्नेछन। आम रुपमा ब्भ्याक्शिन प्राप्त गर्न भने अझै केहि क्वाटर पर्खनु पर्नेछ।

फाइजर र मोडर्नाका भ्याक्शिनमा केहि तापक्रम संबन्धि सावधानीका कुरा छन्। ब्लाक आइसमा राख्नुपर्ने, ९० डिग्री माइनसमा हुनुपर्ने र बक्सबाट भ्याक्शिन दिंदा सम्म ३० सेकेन्डको भन्दा कम समय हुनुपर्ने जस्ता कुरा बताइएका छन्।