-गुगल गर्दा पाइएको पूर्व लाल आतंककारी "प्रचण्ड" को फोटो

८ बर्षिय बालिकाका हत्यारा नेकपाको बागमती गाउँपालीका सहइन्चार्ज, वडा ५ को एकीकरण बिवरण सहित

Hollywood Khabar March 14,2020 Comments

ललितपुर।३/१५/२०

ललितपुर जिल्लाको बागमती गाउँपालीका वडा# ५ इकुडोलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकीकरण पुरा भएको छ। नेकपा बागमती गाउँपालीकाको वडा # ५ अर्थात पहिलाको इकुडोल गाउँ पंचायत, पछिको इकुडोल गाउँ बिकास समितिको पार्टी एकाइ एकीकरण भएको जनाइएको छ।

पूर्व आतंकवादी माओवादी केन्द्र र पूर्व नेपाल कम्यूनिष्ट पार्टी एमालेको पार्टी एकीकरण भएपछि बनेको नेकपालको स्थानीय स्तरमा एकीकरण प्रकृया जारि रहेको छ। एउटाको अध्यक्ष र अर्कोको सचिव राख्ने बिधि अनुसार सो एकीकरण बढाइएको छ।

२७ भदौ २०६० मा कान्तिपुर दैनिकले प्रकाशित गरेको स्थलगत समाचार अनुसार ललितपुरको तत्कालिन इकुडोल गाउँ बिकास समितिको कलवन स्थित घरमा खेल्दै गरेकि ८ बर्षीय बालिका भावना संजेललाई ताकेर ग्रिनेट बम प्रहार गरेर हत्या गरिएको थियो। सो हत्या गर्ने समुहका सदस्य मध्ये एक आतंकारी पुर्व माओवादी प्रविण थापा मगर पनि थिए। आतंककारी समुहको नेतृत्व गर्ने तत्कालिन सेक्शन कमाण्ड भने बुखेल विकास समितिका दिलिप सापकोटा रहेका थिए। हाल सापकोटाकी श्रीमतीले दिलिप सापकोटा हत्यारा भएको र आन्दोलनको नाममा धेरै जनाको ज्यान लिएको कारण उसलाई छाडेर अरु कसैसँग बिहे गरेकी छन् भनिन्छ। साँझको ६ बजे गरिएको सो आतंककारी आक्रमणका समयमा प्रविन र दिलिप दुबैजना रक्सी पिएर टुन थिए।

कमाण्डर सरोज मोहन भनिने बुखेलका दिलिप सापकोटा, प्रविण थापा समेत अरु दुइजना सो आतंककारी आक्रमणमा संलग्न थिए। हत्या गर्नुपूर्व उनीहरुले २०० फिटको दुरीमा रहेको पसलमा बसेर ग्रिनेट बम कसरी भावनाको घरमा फाल्ने भनेर छलफल गरे। त्यसैक्रममा दिलिप भन्ने व्यक्तिले यसरी भन्दै ग्रिनेटको पिन तानेर अगाडि रहेकी भावनाको ५ फिट जतिको नजिक फालिदियो। सो देखेर पसल गर्दै गरेका व्यक्ति भागेर धन्न जोगिए भने आतंककारी हत्याराहरु भागे। बमले लागि पछि ८ बर्षीय भावना केहि फिट हिडिन र ढलिन। उनलाई शिशाका छिर्काले छाति र अन्य भागमा लागेको थियो।

त्यो घटना घटेपछि केहि व्यक्ति तुरुन्तै जम्मा भए भने दिलिप भन्ने व्यक्ति औषधि औषधि भन्दै लरखराउँदै भाग्यो। उसलाई केहि युवाहरुले लखेटेका पनि थिए तर भेटेनन। त्यसपछि सरोज भनिने व्यक्ति र प्रविण थापालाई भने उनीहरुले समातेर ल्याए।

बिस्तारै १००/२०० मानिसहरु जम्मा भए। तत्कालिन इन्चार्ज भनिने भिमध्वज नामको प्रमुख आतंककारी पनि आयो। उसले यो सफाया अनुसार नै भएको र घर नै द्वस्त गर्नुपर्नेमा केवल एउटा बच्चा मात्र मर्यो भन्यो। उसले यो केवल सामान्य कुरा हो, अझै हाम्रो टार्गेट अनुसार पुगेन भन्यो। त्यसपछि मान्छे मार्नु सामान्य होइन भन्दै सथानीय जनताले प्रतिकार गरे। ति आतंककारीलाइ उनीहरुले नजिकैको पुलको खम्बामा बाँधेर कुटे। रोक्न जाने र नकुट भन्नेलाई पनि स्थानीयहरुले कुटे, स्थीति तनावपूर्ण भयो।

एउटा कागजको खेस्रामा हामी क्षतिपुर्ती दिन्छौं बालीकाको किरिया कार्य गर्नु भनेर बाँधिएका दुवै व्यक्ति भगाइयो। त्यसपछि भिमध्वज त्यहाँबाट आफू भन्दा ठूला कमाण्डको निर्णय चाहिने र दिलिपलाइ लिएर आउने भनेर भाग्यो। त्यसपछि त्यहाँ कोहि पनि आएन, भावनाको अन्त्यष्टि भदौ २४, २०६० सालमा गरियो।

भदौ २५ गत्ते सांझ नेपाल टेलिभिजनको दोहोरी हेर्दै गरेका राज कुमार दर्लामी, हालको बागमती गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष सहित व्यक्तिलाइ अपरिचित अर्को आतंककारीले राजकुमार भन्ने को हो भनेर सोध्यो। उसले राजकुमारलाइ घिच्चाउँदै लग्यो। उनका पिता रण बहादुर दर्लामी तत्कालिन घरमा थिएन। दर्लामी गाउँ बिकास समितिका उपाध्यक्षलाइ पनि खोजी भने गरिएको थियो। त्यसपछि त्यहि बाँधेर कुटिएको सरोज भन्ने व्यक्तिले राज कुमार दर्लामीलाइ पिट्न थाल्यो। बिकास नाम गरेको अर्को आतंककारीले खुकुरी लिएर राजकुमारलाइ छप्पन हान्न ताकेर बसेको थियो। उनिहरुले राजकुमार, बसु, रवि थापा समेत ५ जनालाइ नियन्त्रणमा लिए र पिट्दै लागे।

करिव २०० मिटर पर पुगेपछि एउटा आतंकारीले राजकुमारलाइ गोली हान्न आदेश दियो। आदेश मान्नेले अर्को आतंकरिले एक गोली भदौको पानीले बेसरी आएको कलवन जसलाई खानीखोला पनि भनिन्छ त्यतातिर हान्यो। उसले झोलाबाट ग्रिनेट पनि निकाल्यो। त्यसै समयमा यसै पनि मर्ने उसै पनि मर्ने हो भन्दै राज कुमारले जोडतोडले बाँधिएको नाइलनको डोरीले बाँधेको आफ्नो हात फुत्काए। उनलाई नियन्त्रणमा लिने आतंकारीलाइ एक पन्च हानेर उन्नी उर्लिंदो खोलामा हाम फाले। आतंककारीहरुले ग्रिनेट प्रहार गरे तर रातीको समय भएकोले उनि जोगिए। राती, उर्लिंदो खोलामा हामफालेको कारण राज कुमारको कम्म्मर लगायत, जिउभरि घाउ भएको थियो। रातभरी हिंडेर उनी बिहानपख चापागाउँ पुगे।

जन आन्दोलनपछि तिनै आतंककारी पार्टी र स्थानीय रुपमा पदमा पुग्दै आएका छन्। त्यो समयका पिडित राज कुमार दर्लामी हाल बागमती गाउँपालीकाको पांच नम्बर वडाका एमालेबाट निर्वाचित अध्यक्ष छन्। भावनाका साहिंला काका गोपाल संजेल तत्काल गाउँ बिकास समितिका दोश्रो कार्यकालका अध्यक्ष थिए। राज कुमारका पिता रण बहादुर दर्लामी तत्काल उपाध्यक्ष थिए। हुन त बागमती गाउँपालीकामा राज कुमार दर्लामी हलका उदीयमान नेता हुन्। उनिमाथि धेरैको नजर आगामी गाउँपालीका अध्यक्षको रुपमा परेको छ।

नेपालमा जनआन्दोलन त सफल भयो तर न्याय भएन। कानुनको नजरमा हत्याको अर्थ हत्या नै हुन्छ। हत्या कानुनी दृष्टिमा दण्डनीय कुरा हो। धेरै देशहरुमा हत्याको सजाय मृत्यू दण्ड पनि छ। अमेरिकामा पनि डेथ पेनाल्टी छ। कतिपय देशमा आजीवन र केहि सय बर्ष जेल सजायं पनि हुन्छ। तर नेपाल नै विश्वको यस्तो मुकुक हो जहाँ हत्याराहरु नेतृत्वमा पुर्याइञ्छ, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री पनि बनाइन्छ। उनीहरुलाई पुरस्कार दिने गरिन्छ, त्यो पनि पटक पटक। अदालत हुँदा-हुँदै आफू खुसी सत्य निरुपण आयोग भनेर आफ्नै अदालत बनाउँछन् र आफैं फैसला गरेर आफैं निर्दोष सावित गर्छन। यो कार्यमा हालको नेकपाले साथ दिएको मात्र होइन आतंकरीका सरदार प्रचण्डलाइ पार्टीको अध्यक्ष नै बनाएको छ।

मार्च १५, २०२० आइतबार गरिएको भनिएको बागमती गाउँपालिका वटा ५ को पार्टी एकीकरणबाट पार्टी नयाँ नेतृत्व दिइयो भनिएको छ। तर बागमती गाउँपालीका सहइन्चार्ज भनिएका प्रविण थापामगर तिनै हत्यारा मध्येका एक हुन्। सो भेलामा सचिव साजन/राज कुमार दर्लामी मगरको पनि उपस्थिति रहेको भनिएको छ।

वडा भेलाले ज्ञानेन्द्र प्रसाद गौतमको अध्यक्षतामा ३० सदस्यीय वडा कमिटी बनाएको छ। कमिटिको सचिव अर्थमान लामा, सदस्यहरुमा पारस बजगाईं, तेज प्रसाद तिमल्सिना, सरीता विक, गेहेन्द्र दर्लामी, नवराज तिमल्सिना, योगमान स्याङ्तान, प्रकाश दर्लामी, नारायण बहादुर भुलुन, रमेश घिमिरे, विशेष भुलुन, पासाङ स्याङतान, पन्चलाल लो, रामकुमार सिंगार, राजकुमार सिंगार, सुन्तली डिम्डूङ, सागर आचार्य, उद्धब बजगाईं, टेक प्रसाद सन्जेल, जीतमान लामा, पूर्ण घिसिङ, सुनिल मगर, नारायणदत्त घिमिरे, जारी लामा, सोम बहादुर स्याङतान, कृष्णबहादुर जिम्बा, ज्योति लो, हरि पुलामी, जीवनाथ घिमिरे र सुमन सञ्जेल रहेका छन्।