कृयटिभ नेपालको नेपाली पाठशाला-क्यालिफोर्निया

Hollywood Khabar March 20,2017 Comments

कृयटिभ नेपाल युथ अर्गनाइजेशनले आगामी २६ मार्च २०१७ आइतबारबाट अल्बानी सिनियर सेन्टरमा नेपाली विध्यालय संचालन गर्ने भएको छ।

नेपाली बालबालिकाको लागि “नेपाली विधालय”को सन्धर्भमा एक अभिभावकहरुसँग अन्तरकृया कार्यक्रम सम्पन गरेको छ। उक्त  अन्तरकृया कार्यक्रममा सान फ्रान्सिस्को बे एरियामा बसोबास गर्नुहुने करिब ५० जना अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा राजन थापा, अनिल पाण्डे, टिका लम्साल, अमृत कुँवर, सन्दीपबाबु चौधरी, नुरेन बराल, इश्वर सिटौला, पदम नेपाल, बिजया सुबेदी, चुडामणि शास्त्रि लगायतको उपस्थिति थियो।

अर्गनाइजेशनले आफ्नो स्थापनाकाल देखि नै नेपाली विधालय संचालन गर्दै आएकोमा करिब एक वर्ष देखि विभिन्न कारणले स्थगन भएको थियो। अब नेपाली विधालय हरेक महिनाको दोस्रो तथा चौथो आइतबार दिनको १ बजे देखि ३ बजे सम्म 846 Masonic Ave, Albany, CA 94706, Albany Senior Center मा हुनेकुरा सबैमा जानकारी गर्दछौ।

धन्यवाद

पुण्य कार्की

महासचिब

कृयटिभ नेपाल युथ अर्गनाइजेशन