Hollywoodkhabar advertisement

अब सिटीइभिटीका प्रमाणपत्र तह मुनिका जनशक्ति उत्पादन कार्य बन्द हुने

-अब सिटीइभिटीका प्रमाणपत्र तह मुनिका जनशक्ति उत्पादन कार्य बन्द हुने
0
shares

बिक्रम संबत २०३५ साल तिरबाट युनाइटेड मिशन टू नेपाल भन्ने मिशनरी संस्थाले नेपालको भौगोलिक स्थिति अनुरुप Village Helth Worker (VHW) को थालनी गरेको थियो। यो अभियान पछि स्वास्थ्य र अन्य इन्स्टिच्यूटहरुले Cmmunity Medicin Auxiliary (CMA), Auxiliary nurse midwife, commonly known as ANM (ANM) जस्ता स्वास्थ्य जनशक्ति उत्पादन हुन थाल्यो।

१९८९ मा स्थापन भएको Council for Technical Education and Vocational Training (CTEVT) ले सन २००० तिरपुग्दा सिटीइभिटीले नर्सिङ्ग, हेल्थ सहायक, कृषि, भेटेनरी र इञ्जिनियरिङ्ग जस्ता बिषयमा प्रमाणपत्र तह सम्मका जनशक्ति उत्पादन गर्न थाल्यो। यस्ता प्राबिधिक जनशक्ति नेपाली भूगोलमा अत्यन्तै काम लाग्ने जनशक्ति हुन्। तर पछिल्लो पटक नेपाल सरकारले प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटि) ले उत्पादन गरेको स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्तिहरु उत्पादन गर्न यो वर्षदेखि रोक लगाउने निर्णय गरेकाे छ।

चिकित्सा शिक्षा आयोगले ल्याएको चिकित्सा शिक्षा ऐनले प्रमाणपत्र तहमुनिका सबै कार्यक्रमहरु खारेज गरेको छ। यो निकायले उत्पादन गरेको सिएमए, अनमि, ल्याब असिस्टेन्ट, टेक्निसियनहरु सबैभन्दा बढी प्रभावकारी भएका छन्। तर पनि अब यस्ता जनशक्ति उत्पादन नहुने भएका छन्। नेपालको भूगोल र परिस्थितिको अनुसन्धान गरेर सुरु गरेको कार्यक्रम राजनैतिक हचुवा र स्वास्थ्य माफीयाहरुको लहै-लहैमा लागेर सरकारले यस्ता जनशक्ति उत्पादन बन्द गर्नु दुखको कुरा हो।